सर्लाही,पुस-११, जिल्लाको हरिपुर नगरपालिका -१ हजारविघामा रहेको पाँच कुमार रामअवतार लक्ष्मनिया माविको चारकोठे विद्यालय भवनको बिहीवार शिलान्यास गरिएको छ। संघीय संसद हरिप्रसाद उप्रेती र हरिपुर नगरपालिका मेयर गोपाल पजियारले भवनको संयुक्त शिलान्यास गरेका हुन।
संघीय सरकार अन्तर्गत शहरी बिकासको ६२ लाख अनुदानमा भवनको निर्माण गरिने विद्यालय अन्तर्गत प्रशासन शाखाका बेदप्रसाद गौतमले जानकारी दिए।
भवन यसै आर्थिक वर्षभित्रमा निर्माण सम्पन्न गरि विद्यालयलाई हस्तान्तरण गर्नुपर्ने सम्झौताता भएको उनले जानकारी दिए ।
शिलान्यास कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर गोलेको सभापतित्वमा आयोजना गरिएको हो। कार्यक्रम हरिपुर नगरपालिका- १ का वडाध्यक्ष नानीबाबू थापा, हरिपुर नगरपालिका अन्तर्गत शिक्षाका संयोजक नागेश्वर राय,विद्यालयका चन्दादाता जगनाथ साह,प्रधानाध्यापक श्रीनारायण गौतम,एमाले सर्लाही पूर्वपार्टी सचिव केदार खत्री , विद्यालयका पूर्वप्रधानाध्यापक विनोदकुमार मिश्र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष स्थानीय अभिभावक र विद्यार्थीहरुको सहभागीता रहेको थियो।