लालबन्दी,पुस-३,लालबन्दी नगरपालिका वडा नम्बर १० मा नेपाली कांग्रेसको वडास्तरीय कार्यसमिति बैठक तथा क्षेत्रीय प्रतिनिधि सम्मिलित विशेष भेला बुधवार आज सम्पन्न भएको छ।
वडास्तरीय संगठनलाई सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित आयोजित भेलाले संगठनको सक्रियता र रुपान्तरणको दिशामा महत्त्वपूर्ण निर्णय गर्दै आगामी कार्यदिशा तय गरेको छ।
वडा सभापति उदय बहादुर पाख्रिनको सभापतित्वमा सम्पन्न भेलामा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् लालबन्दी नगर प्रमुख वासुदेव अधिकारीको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा महासमिति सदस्य, पूर्वमन्त्री एवं संविधान सभासदस्य सम्भुलाल श्रेष्ठ, नगर उपप्रमुख कल्पनामाया पाख्रिन, महाधिवेशन प्रतिनिधि दिपक अधिकारी, नेपाल तरुण दल केन्द्रीय सदस्य विभुसिंह थापा, प्रदेश प्रतिनिधि उमेश ठोक्कर, नेविसंघ केन्द्रीय सदस्य तथा जय नेपाल फाउन्डेसनका सर्लाही अध्यक्ष मनोज बख्रेल लगायतका नेताहरूले आ–आफ्नो धारणा राख्दै संगठनको रुपान्तरण र सक्रियताको विषयलाई विशेष जोड दिए।
कार्यक्रममा बोल्दै लालबन्दी नगर प्रमुख वासुदेव अधिकारीले “संगठनलाई बलियो बनाउन एकजुट भएर अगाडि बढ्न आग्रह गरे। वडा तहबाटै गतिविधि सुदृढ गर्न सकेमा संगठनलाई नयाँ उचाइमा पुर्याउन सकिने उनको विश्वास छ।
क्रियाशील सदस्यता नवीकरण अभियानलाई प्रभावकारी बनाउँदै सशक्त संगठन निर्माण गर्न हामी प्रतिबद्ध छौं।” उनलेे भने । , महासमिति सदस्य/पूर्वमन्त्री सम्भुलाल श्रेष्ठले “नेपाली कांग्रेसमा रूपान्तरण र जनताको मन जित्ने गरी संगठन निर्माण अहिलेको प्राथमिकता रहेको बताए ।
वडास्तरमा कार्यसमितिलाई थप प्रभावकारी बनाउँदै युवाहरुलाई सक्रिय सहभागिताका लागि प्रेरित गर्नुपर्ने समय आएको उनलेे बताए ।
नगर उपप्रमुख समेत रहेकी महिला नेतृ कल्पनामाया पाख्रिनले “महिला सहभागिता र युवा नेतृत्वको भूमिका बलियो बनाउन वडास्तरबाटै विशेष योजना अघि बढाउन जरुरी रहेको बतनइन्। आगामी दिनमा निर्णय कार्यान्वयन गर्ने दिशामा ठोस पहल हुने उनलेे प्रतिबद्ध व्यक्त गरिन् । भेलालाई सम्बोधन गर्दै ”महाधिवेशन प्रतिनिधि दिपक अधिकारीले “नेपाली कांग्रेसको सुदृढ संगठन निर्माणका लागि क्रियाशील सदस्यता नवीकरण मात्रै नभई, युवालाई नेतृत्वमा ल्याउने पहल गर्नुपर्ने बताए । उनलेे वडास्तरीय संरचनाबाटै जनतासँग प्रत्यक्ष सम्बन्ध कायम गर्दै उनीहरूको समस्यामा साथ दिने पार्टीको छवि निर्माण गर्ने प्रतिबद्धता ब्यत्त गरे ।” नेविसंघ केन्द्रीय सदस्य तथा जय नेपाल फाउन्डेसन सर्लाही अध्यक्ष मनोज बख्रेलले “युवाहरू कांग्रेसको मेरुदण्ड भएकाले युवाशक्तिलाई संगठनमा सक्रिय बनाउँदै समर्पित नेतृत्व तयार गर्न कांग्रेसले वडास्तरमै विशेष ध्यान दिनुपर्नेमा जाेड दिए । उनलेे सबैलाई मिलेर आधुनिक सोचसहितको कांग्रेस निर्माणमा जुट्नुपर्ने बेला आएको बताएका छन् ।” भेलाले आगामी पौष ९ गतेभित्र सबै वडामा क्रियाशील सदस्यता नवीकरण सम्पन्न गर्ने, प्रत्येक महिनाको पहिलो शनिवार वडा बैठक सञ्चालन गर्ने र त्यसको प्रगतिबारे क्षेत्रीय कार्यसमितिलाई जानकारी गराउने,वडास्तरीय नेतृत्वलाई थप प्रभावकारी बनाउन विशेष तालिम तथा कार्यशालाको आयोजना गर्ने,पार्टी नीति र विचारलाई प्रभावकारी रूपमा जनतामा लैजाने र स्थानीय स्तरमा सक्रियता बढाउने लगायतका निर्णय गरेको छ।
कार्यक्रममा सहभागी नेताहरूले संगठन सुदृढीकरणका लागि एकताको सन्देश दिँदै युवा पुस्ताको सक्रियता, जनमुखी नीति, र वडास्तरीय संगठित कार्यदिशाको महत्त्वलाई जोड दिए। भेलामा सहभागी सबै वक्ताहरूले नेपाली कांग्रेसलाई जनताको विश्वासमा आधारित, सशक्त र प्रतिस्पर्धी संगठनका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। संगठनलाई स्थानीय तहसम्म मजबुत बनाउन वडास्तरबाटै सक्रियता सुरु गर्नुपर्नेमा जाेड दिएका थिए ।
बैठकले नेपाली कांग्रेस लालबन्दी वडा नम्बर १० लाई थप सुदृढ, क्रियाशील र प्रभावकारी बनाउन निर्णायक कदम चालेको वडा सभापति पाख्रिनले बताए ।