
काठमाडौँ, मंसिर -१६, देशका विभिन्न क्षेत्रमा भएको स्थानीय तह उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको निर्वाचन आयोगकाे प्रारम्भिक अनुमान छ।

आयाेगका साहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले मतदान सकिएको र मतदानमा करिब ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए।मतदान शान्तिपूर्ण ढंगले सक्किएकाे उनले जानकारी दिए ।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको हो।

बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयाेगका साहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले जानकारी दिए।

उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्रगरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धीमा सहभागी भएका छन्। मतपेटिका सङ्कलनपछि दलीय सहमतिमा मतगणना अघि बढ्ने आयोगले जनाएको छ।









