बालिका उप्रेती / सर्लाही , मंसिर –११, जिल्लाको बलरा नगरपालिका–९, अचलगढमा खेत जोतिरहेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्युु हुनेमा ४० वर्षीय रुसतम साह रहेका छन् ।
मंगलवार (आज) बिहान आफ्नै खेत जाेतिरहेका साह ट्याक्टर अनियनित्रत भइ पल्टिँदा च्यापिएका थिए ।
च्यापिएर घाइते भएका साहलाई स्थानीयले तत्काललै उपचारका लागि प्राथमिकता स्वास्थ्य केन्द्र अचलगढ लगेकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएकोमा आफन्तले बुझेर लगेको सर्लाही प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।