सर्लाही,मंसिर -१, जिल्लाको विष्णु गाउँपालिका–४ पहिवेलमा भएको आगलागीबाट झण्डै १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।


जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार गए राति करिब १ः३० बजे परालको टौवामा अचानक आगलागी हुदा  स्थानीय ५ जनाको  गोठघर र पराल जलेर नष्ट भएको हो।


आगलागी बाट वडा नं. ४ बस्ने मेवालाल बैठा,  बैनाथ बैठा ,रघुनाथ बैठा,  शिवजी महतो र  देवनाथ महतोको विभिन्न सामग्री जलेर १ लाख ५० हजार मूल्य  बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट कुनै मानवीय र चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ ।