सर्लाही,कार्तिक -३०,नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड शुक्रवारदेखि ८८औँ वर्षमा प्रवेश गरेको छ ।
नेपाल बैंक १९९४ साल कात्तिक ३० गते सार्वजनिक निजी साझेदारीमा स्थापना भएको थियो ।
नेपाल बैंकले यस उपलक्ष्यमा शुक्रवार विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाएको हाे ।


सर्लाहीमा रहेका नेपाल बैकका शाखा कार्यालयले साझपख दिपावली सहित स्थापना दिवस मनाएका हुन ।सर्लाहीको प्रमुख व्यापारी केन्द्र बरहथवामा रहेको नेपाल बैक लिमिटेड दिपावली सहित विविध कार्यक्रम गरि स्थापना दिवस मनाएको बैंकका प्रबन्धक रोशन न्यौपानेले जानकारी दिए।


नेपाल बैंकबाट अहिले ७१ जिल्लामा शाखा विस्तार गरी कारोबार तथा बैकिङ्ग सेवा उपलब्ध छ ।बैंकका दुई सय २९ शाखा, ६० एक्स्टेन्सन काउन्टरसहित २५ लाखभन्दा धेरै ग्राहकलाई सेवा दिइरहेको बैकले जानकारी दिएको छ ।
नेपाल बैंककाले आफ्नो सेवालाई र कारोवार डिजिटल माध्यमबाट सञ्चालन गर्दै आएको छ ।