
राजुु तामाङ/ बर्दिबास
कार्तिक- ७ ,पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेशनल लाइफले मधेस प्रदेश समिति गठन गरेको छ । बीमक समिति नेशनल लाइफले बर्दिबासको रेड क्राउन होटलमा आयोजना गरेको मधेस प्रदेश अभिकर्ता भेलाले सर्लाहीका माधव कुमार खड्काको नेतृत्वमा २१ सदस्यीय समिति सर्वसम्मत रुपमा गठन गरेको छ ।

पेशागत अभिकर्ता संघ बीमक समितिका वरिष्ठ उपाध्यक्ष दिपा शर्मा ओलीको अध्यक्षता तथा पेशागत अभिकर्ता संघका केन्द्रीय उपाध्यक्ष दिपक अर्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी मधेस प्रदेश प्रमुख भोला झा, बीमा अभिकर्ता संघ नेशनल लाईफ बीमक समिति उपाध्यक्ष्य राजेश यादव सहसचिव यतिराज अधिकारी, सदस्यहरु बबिता सिङ्तान, लक्ष्मण पण्डित लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेशनल लाइफ शाखा मधेस प्रदेशका आठैवटा जिल्लामा कार्यरत अभिकर्ताहरुको सहभागीता रहेको कार्यक्रम सञ्चालन रुपक तामाङले जानकारी दिए ।









