रामबाबु खड्का /सर्लाही
कार्तिक- १, चलचित्र ´ज्वाइँसाब` ले पछिल्ला दिनमा हलमा  राम्रो दर्शक तानेको छ। दशैंको फुलपातीको दिनदेखि प्रदर्शनमा आएका तीन चलचित्र दिपक र दिपाको  ´छक्का पञ्जा ५` विराज भट्टको ´१२ गाउँ` र जितु नेपालको ´ज्वाईंसाब`हुन ।
यतिबेला उपत्यकासगै मोफसलमा तीन चलचित्र मध्ये जितु नेपाल र नीति शाहद्धरा अभिनित चलचित्र ज्वाइँसाबको माग बढेको छ।
प्रदर्शनमा रहेका  दुई चलचित्र मध्ये सबैभन्दा कम शो ´ज्वाइँसाब` ले पाएको छ।वसन्त निरौलाद्धरा निर्देशित चलचित्र ´ज्वाईसाबझ´अहिले देशका मुख्य शहरहरुमा भब्य  प्रदर्शन रइहेका छन्।


तर, अधिकासँ हल संचालकले ´ज्वाइँसाब´को लागि  प्राइम टाइमको शो नदिएर राति १० बजेपछि र विहान ५ बजे शो उपलब्ध गरनएकाले ´ज्वाईंसाब´माथि अन्याय गरेको अभिनेता जितु नेपालले गुनासो गरे।
उनले भनेस ´प्राइम टाइमको समयमा छक्का पञ्जा र १२ गाउँलाई शो दिएका छन, हाम्रो चलचित्रलाई बिहान ५:४५ बजे र राति १०स:४५ को शो दिएका छ।
हामीमाथि वितरक र हल संचालकले अन्याय गरेका  छन, समय मिलाउन हामीले आग्रह गरेका छौ,ज्वाइँसाब माथि  विभेद र राजनीति दुबै  भएको हुनसक्छ´  नेपालले भनेस झचलचित्र नचलेर भन्दा पनि हल संचलकले शो नदिएर रुनु पर्ने अवस्थामा आयो । शो नपाएर दर्शक फर्किएका छन्,अरुले ५/६ वटा शो पाउँदा हामीलाई  पनि कम्तीमा १/२ शो पाउनु पर्ने हो।´चलचित्र ´ज्वाँसाब´  को लागि  कम्तीमा २ वटा प्राइम टाइम शो उपलब्ध गराउँन निर्देशक निरौलाले माग गरेका छन्।


चलचित्र ´ज्वाइँसाब´ राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको  चलचित्रमा वसन्त निरौलाको निर्देशन छ ।
चलचित्रमा  जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ ।


पारिवारिक कथावस्तुमा बनेको चलचित्र ´ज्वाईंसाब´ प्रदर्शनमा रहेका  अधिकाँस सिनेघर हउसफुल  छन्। सर्लाहीका सिनेघरमा अहिलेसम्म छक्का पञ्जा ५ ,  र  १२ गाउँ नै  प्रदर्शन भइरहेका छन।