सर्लाही,असोज-२१,पतञ्जलि योग समिति सर्लाही र पतञ्जलि योग नर समिति मलंगवाको आयोजनामा एक दिवसीय खुल्ला योग शिविर सम्पन्न भएको छ ।


पतञ्जलि योगपीठ नेपालको १८ औं स्थापना दिवसको अवसर पारेर सोमवार (आज) बिहान  मलंगवाको तीन कुने सहिद पार्कमा एक दिवसीय खुल्ला योग शिविर सम्पन्न गरिएको  हो ।


गए साँझ दिवसको पूर्वसन्ध्यामा  दीप प्रज्ज्वलन गरिएको थियो। बिहान ४:३० बजे देखि  भएको  खुल्ला योग शिविरमा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंहल पतञ्जली योग समिति सर्लाही र पतञ्जली योग नर समिति मलंगवाका पदाधिकारी तथा स्थानीय नागरिकको सहभागिता रहेको थियो ।


भोली (मंगलवार) देखि  योग भवनमानै नियमित कक्षा संचालन हुने पतञ्जलि योग समिति सर्लाहीले जनाएको छ ।