सर्लाही प्रहरीले प्याजसहित नियन्त्रणमा लिएको ट्रक । तस्बिर : नेपाल प्रहरी सर्लाही

सर्लाही,असोज—१५,सर्लाही प्रहरीले जिल्लाको मलंगवा नाकाबाट अवैधरुपमा भित्र्याइएको अन्दाजी २८ लाख मूल्य बराबरको प्याज बरामद गरेको छ ।
ट्रकमा लोड रहेको ३५ टन प्याजको बजार मूल्य २८ लाख र ट्रकको अन्दाजी मूल्य ६० लाख गरी जम्मा ८८ बराबरको सामान रितपुर्वक बरामद गरिको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार सोमवार (हिजो) मलंगवा नगरपालिका—८ स्थित गोरखकाली सडक खण्डमा भारतबाट नेपाल तर्फ प्याज लोड गरि ल्याइएको व्ज् ण्द्द द्यः द्दढडज्ञ नं.को १६ चक्के ट्रकलाई चेकजाँच गर्दा कागजपत्र बिल बिजक र प्रज्ञापन पत्र नभएको पाइएपछि नियन्त्रणमा लिइएको थियो ।
नियन्त्रणमा लिइएको ट्रक त्यस्का चालक र प्याजसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको सर्लाही प्रहरी (प्रवक्ता) एवम् सूचना अधिकारी प्रनाउ दिप श्रेष्ठले जानकारी दिए ।


सर्लाहीमा प्रहरीले नियन्त्रणमा लिएको एक ट्रक प्याज एउटा प्रतिनिधि घट्ना मात्र भएको मलंगवाका स्थानीय बताउँछन् । पछिल्लो केही वर्ष यता आलु,प्याज,चिनी,चामल,लत्ताकपडा लगायतका सामग्री भन्सार राजस्व नतिरी भित्र्याइ जिल्लाका उत्तरी क्षेत्र तथा देशका प्रमुख सहरहरुमासमेत पु¥याउने गरिएको मलंगवाका स्थानीय बताउँछन् ।


अवैध ढंगबाट दैनिक १० औं गाडी आलु प्याज,अन्य खाद्य सामग्री लत्ताकपडा लगायतका बस्तुहरु भित्र्यइए पनि १÷२ गाडिको मात्र भन्सार राजस्व बुझाई मालसामन पास गर्ने गरेको स्थानीयको दाबी छ ।


भन्सार नाकामा सुरक्षा चेक पोस्टहरु भएपनि सेटिङमै कारोवार हुने गरेको स्थानीयको दाबी छ । सेटिङमै कारोवार हुने गरेकाले जिल्ला भन्सार कार्यालय मलंगवाले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको स्थानीय बताउँछन् ।