शुक्रवारदेखि गाउँपालिकाको गेटमा धर्ना बसेका स्थानिय:

सर्लाही,फागुन २३— केन्द्र सार्न खोज्दा उत्पन्न विवादले सर्लाहीको चन्द्रनगर गाउँपालिका शुक्रवारदेखि ठप्प भएको छ ।
जवरजस्ती गाउँपालिका सार्न खोजिएको भन्दै गत सुक्रवारदेखि गाउँपालिकाको गेटमा धर्ना जारी रहेको छ । गाउँपालिकाको केन्द्र नाढीतालमै रहनुपर्ने मागसहित वडा नं. ४, ६ र ७ का वडाध्यक्ष, अन्य जनप्रतिनिधि, नेपाली काँगे्रसका नेता कार्यकर्ता र स्थानीय वासिन्दा धर्नामा बसेका हुन् ।
नेपाली काँगे्रसको तर्फबाट गाउँपालिका अध्यक्षका प्रत्यासी श्याम सिंहले विशेष गाउँ सभामा दुईतीहाई मत पु¥याउन वडा नं. ४ का वडाध्यक्ष जगदिस साहलाई अपहरण गरेर जवरजस्ती गाउँ सभामा उपस्थित गराउन खोजिएको आरोप लगाएका छन् ।
यस्तै, केही गाउँ सभा सदस्यहरुलाई किन्नका लागि लाखौँ रुपैयाँको प्रलोभन देखाइएको समेत आन्दोलित पक्षले दावी गरेका छन् ।

हाल वडा नं. ६ र ७ को संगम स्थल नाढीताल परिसरमा रहेको गाउँपालिकाको केन्द्र, त्यहाँबाट वडा नं. २ बबरगञ्जमा सार्न शनिवार राती अबेरसम्म विशेष गाउँ सभाको बैठक बसेको थियो ।
बैठक बसे पनि गाउँ सभामा केन्द्र सार्न आवश्यक पर्ने दुईतीहाई बहुमत पुग्न सकेन् । चन्द्रनगरमा ३९ जना गाउँ सभा सदस्य छन् । दुईतीहाईका लागि २६ जना सदस्य अवश्यक पर्छ । विशेष गाउँ सभामा २५ जना मात्रै उपस्थित भएका स्रोतले जनाएको छ ।
तर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले भने आफूहरुले कसैलाई अपहरण गर्ने प्रयास नगरेको र आर्थिक प्रलोभन समेत नदेखाएको जिकिर गरे । अध्यक्ष महतोले दुईतीहाई बहुमत पुगेको अवस्थामा गाउँपालिकाको केन्द्र सर्न पनि सक्ने बताउँदै आएका छन् । बबरगञ्जकै वासिन्दा रहेका गाउँपालिका अध्यक्ष महतोले चन्द्रनगर भन्दा बबरगञ्ज ७ वटै वडाका वासिन्दालाई पायक पर्ने ठाउरेहो दाबिगरे ।