
सर्लाही,असार-१२, जिल्लाकाे लालबन्दी नगरपालिका वडा नम्बर – १७ साहेबगञ्ज (टिकुलिया) का एक सुस्त मनस्थितिका बाेल्न नस्सक्ने मानिस हराएकाले खाेजि कार्यमा सगाइदिन परिवारजनले अनुरोध गरेका छन् ।
ॐ नम: शिवाय लेखेको पहेँलो कुर्ता लगाएका बाेल्न नसक्ने ४९ वर्षीय दामोदर सापकोटा मंगलवार बिहान १० बजेबाट हराइ बेपत्ता भएकाले खाेजि कार्यमा सहयोग गरिदिन उनका भाई रमेश सापकोटाल अनुरोध गरेका हुन ।

आफूहरूले हिजो मंगलवा देखिनै खाेजि गरेको तर अहिले राति अबेरसम्म पनि भेट्न नसक्दा,कहाँ गए के खाए भन्ने तनाव भएको उनका भाइ रमेशले चियाेचर्चाे खबर संग भने ।
प्रहरीमा उजुरी दिएको ,आफन्तहरूले खाेजि रहेको भएपनि लामाे समय हुदा पनि भेट्न नसक्दा सारै दुःख लागेको उनका भाइ रमेशले भने ।

कही कतै देखिए नजिकको प्रहरी कार्यालय अथवा हराइरहेका दामोदरका भाइ रमेश सापकोटाकाे निम्न माेबाईल नम्बरमा 9849155524 / 9861323172 सम्पर्क गरि बुझादिन परिवारजनले अनुरोध गरेका छन् ।









