
जनकपुर धाम,जेठ -३०,नेपाली कांग्रेस मधेस प्रदेश सभापति एवम् प्रदेश सभा सदस्य वीरेन्द्र प्रसाद सिंहले प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम खासै उत्कृष्ट नभएको बताएका छन् ।
मधेश सरकारले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा मंगलवार सहभागी भएका पूर्व मन्त्री सिंहले मधेसलाई समृद्धिकाे यात्रामा अघि बढाउने खालको नयाँ कार्यक्रम नदेखिएको बताए।

कार्यान्वयनकाे चरणमा रहेका र मधेसलाई समृद्धिकाे यात्रामा अघि बढाउने कार्यक्रमहरू छुटेको भन्दै उनलेे हतारमा ल्याएका कारण छुटेको भए समावेश गर्न आग्रह गरे ।
नीति कार्यक्रम कार्यान्वयनमा शंका व्यक्त गर्दै उनलेे सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम मा ९ वटा बुदामा संशोधन गर्न प्रस्ताव गरे ।

उनलेे गएको एक वर्ष अघि प्रादेशिक अस्पतालहरूमा जेष्ठ नागरिकहरूलाई दिइदै आएको ९० प्रतिशत सम्म छुट सुविधालाई नहटाउन बाेरू वृद्धि गर्न सरकार संग आग्रह गरे ।
मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभाबाट पारित गर्न पेस गरेका नीति तथा कार्यक्रम उपसभामुख बबिताकुमारी राउत ईशरले निर्णायार्थ पेस गरेपछि ध्वनिबाट सर्वसम्मतिले पारित भएको थियो ।









