सर्लाही,पुस-२३,जिल्लाकाे बरहथवामा प्रहरीको गोली लागि मृत्यु भएका नगरकाे वडा नं.-६,का  जयशंकर साहको शव यात्रा पछि दहासंस्कार गरिएको छ  ।


तीन दिन पछि साहको शव आइतवार परिवारले जिम्मा लिएपछि  आज साेमवार दहासंस्कार गरिएको हाे ।दहासंस्कार अघि शव यात्रा निकालिएको छ। शव यात्रा  नगर परिक्रमा पछि बागमती  नदीको खर्सलबा घाटम दहासंस्कार गरिएको छ ।
साहको पार्थिव शरीरमा मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंह, विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता, स्थानीय नागरिक तथा आफन्तले माल्यार्पण गरि अन्तिममा श्रद्धाञ्जली व्यक्त गरेका थिए ।


बरहथवा अस्पतालको विषयमा भएको  आन्दोलनको क्रममा साहको गत शुक्रवार प्रहरीको गोली लागि मृत्यु भएको थियो।
बिजुलीको बिल तिरेर फर्कदै गर्दा साहको मृत्यु भएपछि  स्थानीय र आफन्तले तीन दिनसम्म  शव सडकमै राखेर आन्दोलन गरिरहेका थिए । आइतवार ११ बुँदे सहमति भएपछि साहको  शव पोष्टमार्टम् पछि परिवारले  जिम्मा लिएका थिए।


गोली लागेर मृत्यु भएका  साहप्रति श्रद्वाञ्जली व्यक्त गर्न  बरहथवा नगरपालिकाले साेमवार सार्बजनिक बिदा दिएको छ ।बरहथवा नगरपालिकाकी प्रमुख कल्पना कुमारी कटुवालद्वारा  जारी सार्वजनिक सूचनामा   नगरपालिका कार्यालय, वडा कार्यालयहरु, शैक्षिक लगायत नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी एवम्  गैरसरकारी संघ संस्थामा सार्बजनिक बिदा दिईएको उल्लेख छ ।
सूचनामा शोकसन्तप्त परिवारजन प्रति हार्दिक समवेदना सहित मृतक साहको चिरशान्तीको कामना गरिएको छ ।