सर्लाही,साउन-२५,जिल्लाको लखनदेही नदीको पुल मुनि धारिलो हतियारले काटेर फालिएको एक पुरुषको टाउको फेला परेको छ।

अन्दाजी २५/३० वर्ष उमेरको पुरुषको काटिएको टाउकोमा माटो र बालुवा लागेको देखेपछि स्थानीयले बिहीवार बिहान प्रहरीलाई खबर गरेका थिए।
सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी दिपेन्द्र पंजियारले जानकारीका अनुसार टाउको भेटिएको स्थानमा शवको खोजी भइरहेको छ ।
गिडिएकाे टाउको हेर्दा हत्या गरेर फालेको हुनसक्ने अनुमान गरेको छ। टाउको पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ।
उता जिल्लाकै ईश्वरपुर नगरपालिका–१२, अड्डीमा कुवामा डुबेर एक जनाको मृत्यु भएको छ।
सिन्धुलीको कमलामाई नगरपालिका–८ का २६ वर्षीय प्रशान्त पाख्रिन आफन्त वीर गुप्ते मुक्तानको घरमा पाहुना आएका थिए ।उनको कुवामा पानी खान गएका बेला डुबेर मृत्यु भएको हो।

पानी खान गएका उनी निकैबेर सम्म पनि नफर्किय पछि आफन्तले खोज्दै जाँदालकुवाभित्र मृत फेला पारेका थिए । आफन्तका अनुसार उनी छारे रोगको बिरामी थिए । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ।









