काठमाडौँ, चैत- ४ । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बुधवार टुँडिखेलमा आयोजित घोडेजात्रा २०८२ समारोहमा सहभागी भएका छन् ।

सो अवसरमा नेपाली सेनाले राष्ट्रपतिलाई सलामी अर्पण गर्‍यो। कार्यक्रममा राष्ट्रपतिले नेपाली सेनाद्वारा प्रदर्शन गरिएको अश्वकला अवलोकन गरे। घोडा दौड, घोडा जम्पलगायत विभिन्न आकर्षक कला प्रदर्शन गरिएको थियो। उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई राष्ट्रपतिबाट पुरस्कार प्रदान गरियो।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि लगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो।

चैत्र कृष्ण औंसीका अवसरमा काठमाडौँ उपत्यकामा परम्परागत रूपमा घोडेजात्रा पर्व विभिन्न कार्यक्रम गरी मनाइन्छ।