काठमाडौँ, चैत–३ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त गरेका छन्।

मंगलवार राष्ट्रपति पौडेल भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेर मोहनप्रसाद ओलीको निधनप्रति समवेदना व्यक्त गरेका हुन् ।

सो क्रममा उनले स्वर्गीय मोहनप्रसादको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । साथै, उनले केपी शर्मा ओलीसहित शोकाकुल परिवार, आफन्त र शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।











