सर्लाही, फागुन – ३० । माेटरसाइकलकाे लाेकप्रिय ब्रान्ड टिभीएसले सर्लाहीको लालबन्दीमा  ‘टीभीएस स्मार्ट एक्सचेन्ज मेला’ आयोजना गर्ने भएको  छ।
लालबन्दीस्थित कुमारी बैंक रहेको भवन  पुर्व जाने बस काउन्टरकाे दक्षिण टीभीएस मोटरसाइकल तथा स्कुटरको
आधिकारिक विक्रेता न्यू जनकी अटो इन्टरप्राइजेजले चैत १ गतेदेखि चैत ६ गतेसम्म उक्त मेला सञ्चालन गर्ने भएको हाे।


कम्पनीका सेल्स अफिसर ज्याकी गुप्ताका अनुसार मेलामा ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभीएस सवारी साधन सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। मेलामा विशेष छुट तथा विभिन्न आकर्षक सुविधा उपलब्ध गराइने उनले जानकारी दिए।

उनका अनुसार एक्सचेन्ज मेलामा सहभागी ग्राहकलाई पुरानो सवारीको मूल्यांकनमा थप मूल्यवृद्धि (भ्यालु एडिसन) स्वरूप अधिकतम ८ हजार रुपैयाँसम्म थप प्रदान गरिनेछ। साथै नयाँ टिभीएस सवारी खरिद गर्दा ७ हजार रुपैयाँसम्म नगद छुट (क्यास डिस्काउन्ट) पनि उपलब्ध  गराउने व्यवस्था गरिएको छ।

मेलामा फाइनान्स सुविधा पनि सरल बनाइएको आयोजकले जनाएको छ। ग्राहकले नागरिकता र एक महिनाको आम्दानीको विवरणका आधारमा छिटो र सहज रूपमा फाइनान्स सुविधा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको सेल्स अफिसर गुप्ताले बताए। याे अवधिमा सीमित कागजातमै ग्राहकले नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्न सक्ने छन्।

यसका अतिरिक्त मेलामा नयाँ सवारी खरिद गर्ने ग्राहकलाई निःशुल्क एक्सेसरिज पनि उपलब्ध गराइने जनाइएको छ। कम्पनीका अनुसार यस्तो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ र यसमा केही सर्त तथा नियम (टि एन्ड सी) लागू हुनेछन्।

टिभीएस कम्पनीका मोटरसाइकल तथा स्कुटर नेपाली बजारमा प्रविधि, माइलेज तथा डिजाइनका कारण लोकप्रिय मानिन्छन्। कम्पनीले ‘लाइफटाइम च्याम्पियन्स अफ टेक्नोलोजी’ नारासहित ग्राहकलाई आधुनिक प्रविधियुक्त सवारी साधन उपलब्ध गराउँदै आएको छ।

न्यू जनकी अटो इन्टरप्राइजेजका अनुसार मेलाले ग्राहकलाई पुरानो सवारी सहज रूपमा साटेर नयाँ टीभीएस सवारी खरिद गर्ने अवसर प्रदान गर्नेछ। साथै विशेष छुट र फाइनान्स सुविधाका कारण धेरै ग्राहक आकर्षित हुने विश्वास गरिएको छ।
आयोजकका अनुसार सीमित अवधिका लागि सञ्चालन हुने उक्त स्मार्ट एक्सचेन्ज मेलाले स्थानीय बजारमा नयाँ सवारी साधन खरिद गर्ने वातावरण बनाउन सहयोग पुग्ने विश्वास  गरिएको छ।