
राजीव साह/सर्लाही
पुस–१२ । नेपाल फार्मेसी संघ (एजब्ल्० सर्लाही जिल्ला समितिको प्रथम अधिवेशनबाट संजय कुमार सिंहको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरिएको छ।
नवगठित कार्य समितिको उपाध्यक्षमा अरुण यादव र अर्चना यादव, महासचिवमा प्रविण यादव, सचिवमा मधुरेन्द्र सिंह तथा कोषाध्यक्षमा हिरेन्द्र यादव चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा नितेश कुमार राय, मनोज अधिकारी, सिवेन्द्र कुमार साह, सन्दिप कुमार मण्डल, चन्द्रप्रभा यादव, आदित्य अधिकारी, प्रीति तिवारी र अंजना सिंह रहेका छन्।

मलंगवा नगरपालिका–२ स्थित राज श्री चोक मा आयोजित अधिवेशन कार्यक्रममा नेपाल फार्मेसी संघ सर्लाही जिल्ला संयोजक प्रविण यादव र मधेश प्रदेश अध्यक्ष मुकेश साह को अध्यक्षता रहेको थियो भने नेपाल फार्मेसी संघका केन्द्रीय सदस्य शिवकुमार मिश्रा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

अधिवेशनले सर्लाही जिल्लामा फार्मेसी पेशाको सुदृढीकरण, संगठन विस्तार तथा पेशागत अधिकार सुनिश्चित गर्न महत्वपूर्ण निर्णयहरू गर्ने विश्वास लिइएको आयोजकले जनाएको छ।











