
हरिवन, मंसिर ५ गते । स्थानीय वन ऐन तथा कार्यविधिबारे छलफल गोष्ठी हरिवनमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन) सर्लाही आयोजनामा हरिवन ८ स्थित शिवेश्वर सा व को कार्यालयमा गोष्ठी सम्पन्न भएको हो ।
महासंघका सर्लाही अध्यक्ष सिताराम पोखरेलको अध्यक्षता रहेको गेष्ठीको प्रमुख अतिथि हरिवन नगरपालिकाकी उप–प्रमुख हरिमाया घलान हुनुहुन्थ्यो ।
महसंघका सर्लाही उपाध्यक्ष प्रह्लाद बुढाथोकी स्वागत मन्तव्यसहित बागमती नगरपालिकाको लागि महासंघले तयार गरेको वन ऐेन प्रस्तुत गरे । उनले स्थानीय शासन सञ्चालन ऐन २०७४ अनुसार महासंघले ऐेन तयार गरेको बताए । वनको दिगो व्यस्थापनमा स्थानीय वन ऐेन कोसेढुंगा सावित हुने बताए ।

गोष्ठीमा आफ्नो धारणा राख्दै वाग्मती नगरपालिकाका रोजगार सहायक सन्तोष गदालले नगरका सबै सामुदायिक वनलाई नगरपालिकासंग समन्वय गर्न आग्रह गरे । उनले सामुदायिक वनलाई पुनरजिवित बनाउन महासंघको भुमिका महत्वपुर्ण हुने भन्दै बागमति नगरपालिकाको स्थानीय वन ऐेन निर्माणमा सहयोग गर्ने महासंघलाई धन्यवाद दिए ।
त्यस्तै नेपाल पत्रकार महासंघ सर्लाहीका सचिव सोम दियालीले जिल्लाका सबै पालिकाका सामुदायिक वनमा स्थानीय वन ऐन लागू गर्न महासंघलाई आग्रह गरे । उनले सामुदायिक वन उपभोक्ता महासंघको पछिल्ला गतिविधि सामुदायिक वनहरुको दिगो विकासमा केन्द्रीत भएको पाइएको बताए ।
कार्यक्रमकी प्रमुख अतिथि हरिवन नगरपालिकाकी उप मेयर हरिमाया घलानले सामुदायिक वन उपभोक्ता महासंघको कामको प्रसंशा गर्दै वनलाई जिविकोपार्जन संग जोड्न सक्नुपर्ने बताईन् । उनले महासंघ यसमा सफल बन्ने विश्वास व्यक्त समेत व्यक्त गरिन । उनले वन जिवनको हरेक पक्षसंग जोडिएकोले वन संरक्षण विना मानवजीवनको कल्पना गर्न नसकिने बताईन् ।

कार्यक्रमका सभाध्यक्ष एवम् महासंघका अध्यक्ष सिताराम पोखरेलले सामुदायिक वनलाई स्थानीय वन ऐन अनुसार व्यवस्थापन गर्नुको विकल्प नरहेको बताए । उनले आफु नेतृत्वको महासंघ जिल्लाका सबै सामुदायिक वनमा स्थानीय वन ऐेन लागू गर्नेगरी काम गरिरहेको बताए । उनले वन नागरीकको आयआर्जन र जीवनस्तर सुधारमा महत्वपूर्ण बन्ने भन्दै कतिपय सामुदायिक वन त पालिकाहरुभन्दा पनि धनि रहेको आफूले देखेको अनुभव सुनाए ।

सो अवसरमा डाँफे साुदायिक वनकी दुर्गा धिताललाई महासंघको जिल्ला सदस्यमा मनोनित गरिएको थियो भने वन तथा वातावरण संरक्षण्को क्षेत्रमा कलम चलाएको भन्दै पत्रकार सोम दियालीलाई ढाका टोपी लगाई सम्मान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन महासंघका सल्लाहकार संयोजक माधव थापाले सञ्चालन गरेका थिए भने महासंघकै महासचिव शारदा थापा, अन्य पदाधिकारीहरु कमल घिमिरे, तारा पोखरेल, शिवेश्वर सामुदायिक वनका अध्यक्ष टंक राई, हरिहर सामुदायिक वन बागमतीकी पार्वती दाहाल, सिता घिमिरे, शिवेश्वर सामुदायिक वनकै बद्री पोखरेल, सरस्वती पोखरेल, महासंघका केशव गौतम लगायतको आतिथ्यता तथा सहभागिता रहेको थियो ।









