
मिति: २०८२ कार्तिक २ गते, आइतवार
अंग्रेजी मिति: १९ अक्टोबर २०२५
तिथि: कार्तिक कृष्णपक्ष त्रयोदशी (१३:५६ बजेपछि चतुर्दशी)
नक्षत्र: उत्तरफाल्गुनी (१८:५५ बजेपछि हस्त)
चन्द्रराशि: कन्या
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज केही अवसरको खोजीमा दौडधुप गर्नुपर्ने देखिन्छ। सानो गल्तीले ठूलो क्षति निम्त्याउन सक्छ, त्यसैले सजग रहनुहोस्। अरूको दबाबमा निर्णय गर्नुपर्दा समस्या पर्न सक्छ। बलपूर्वक अघि बढ्दा झन् अप्ठ्यारो हुन सक्छ। व्यक्तिगत कुरामा अरूको हस्तक्षेप हुनसक्छ, त्यसैले सतर्क रहनु राम्रो।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अवसरका साथसाथै चुनौतीहरू पनि देखा पर्नेछन्। तत्काल फाइदा उठाउँदा अरूलाइ बाँड्नुपर्ने स्थिति आउन सक्छ। अध्ययन र स्वास्थ्यमा समस्या आउन सक्छ। नयाँ काम थाल्नुअघि गम्भीर सोचविचार गर्नु आवश्यक छ। अरूको प्रभावमा निर्णय गर्नु अनुचित हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आजको दिनमा आवेशमा गरिने निर्णयले पछुतो हुन सक्छ, त्यसैले संयमित रहनुहोस्। ईर्ष्या गर्नेहरूबाट बाधा हुन सक्छ। योजना गोप्य राख्नु उपयुक्त हुन्छ। पुनः प्रयास गर्दा रोकिएका काम बन्न सक्छन्। नजिकिन खोज्ने सबैप्रति विश्वास नगरिकन सोचविचार गर्नुहोस्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अवसर प्राप्त भए पनि वातावरण पूर्णरूपमा अनुकूल नहुन सक्छ। सहयोगीहरूमध्ये कोहीले तपाईंको कमजोरीको फाइदा उठाउन सक्छन्। मिहिनेतको प्रतिफल अरूले लिन खोज्ने प्रयास हुनसक्छ। परिस्थिति बुद्धिपूर्वक सम्हाल्दा मात्रै सफलता सम्भव छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बोली वा व्यवहारको गलत अर्थ लाग्न सक्छ, त्यसैले सजक हुनुपर्छ। चिढिनु वा आत्तिने गर्नाले अवसर गुम्न सक्छ। अध्ययनमा ध्यान दिन कठिनाइ हुनसक्छ। स्थायी सम्पत्तिसम्बन्धी विवाद आउन सक्छ। काममा ढिलासुस्ती हुन सक्ने सम्भावना देखिन्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन सकारात्मक र उत्साहपूर्ण रहनेछ। आफन्तसँगको भेटघाटले मन रमाउनेछ। नयाँ कामका प्रस्तावहरू आउन सक्छन्। प्रतिष्ठा बढ्नेछ, रचनात्मक काम आरम्भ गर्न अनुकूल समय छ। मिठा भोजन र रमाइलो जमघटको अनुभव हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
खर्च बढ्ने भए पनि लगानीयोग्य अवसर पाइनेछ। नयाँ काममा लगानी गर्नु छ भने केही समय पर्खनु राम्रो हुनेछ। श्रम र योजना आवश्यक पर्नेछ। यात्राको सम्भावना छ। सानोतिनो सफलता भए पनि बढी खर्च हुने दिन हुन सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दैनिक आवश्यकताहरू सजिलै पूरा हुनेछन्। मिहिनेतको प्रतिफल रूपमा लक्ष्य प्राप्त हुने संकेत छ। साझेदारीबाट लाभ मिल्नेछ। भौतिक साधनको प्रयोगले लाभ दिलाउनेछ। व्यवसाय र उद्योगमा सकारात्मक संकेतहरू देखिन्छन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
लक्ष्यमा पुग्न केही त्याग गर्नुपर्ने अवस्था देखिन्छ। काम दोहोर्याएर प्रयास गर्नुपर्नेछ। आलोचना बढ्न सक्छ, तर आत्मविश्वासले पार लगाउन सकिन्छ। बलजफ्तीले सम्बन्धमा चिसोपन ल्याउन सक्छ। नियमित कामबाट भने लाभ मिल्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रयत्न गर्दा अवसर पाइनेछ। सामाजिक तथा परोपकारी काममा संलग्नता बढ्न सक्छ। केहीले तपाईंको कमजोरीको फाइदा उठाउन सक्छन्, त्यसैले सतर्क रहनुहोस्। आर्थिक हिसाबकिताबमा होशियार रहनु आवश्यक छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
चुनौतीपूर्ण समय रहे पनि अडिग भएर अघि बढ्नुपर्छ। विगतका कमजोरी सुधार्ने मौका छ। हाल देखिएका समस्या पछि फाइदामा परिणत हुन सक्छन्। सामुदायिक जिम्मेवारीमा सक्रिय रहनुपर्नेछ। धैर्य र लगनले सफलता दिलाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यवसायका लागि नयाँ सम्भावनाहरू खोज्ने समय छ । तर मनोरञ्जनको मोहले लक्ष्यबाट चुक्न सकिन्छ। यात्रा खर्चिलो बन्न सक्छ। वचन पूरा गर्न नसक्दा सम्बन्धमा असर पर्न सक्छ। समयको मूल्य बुझी अगाडि बढ्दा सफलता सम्भव छ।










