
(१६ अक्टोबर २०२५) तिथि: कार्तिक कृष्णपक्ष दशमी, दिउँसो १३:४९ पछि एकादशी
नक्षत्र: अश्लेषा १६:४२ सम्म, त्यसपछि मघा
चन्द्र राशि: १६:४२ सम्म कर्कट, त्यसपछि सिंह
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
हतारमा निर्णय लिनुहुँदा समस्या आउन सक्छ, त्यसैले सजग रहनुहोस्। प्रक्रिया नपुगेका कारण काम दोहोर्याउनु पर्ने स्थिति आउन सक्छ। वचन दिनु अघि सोचविचार गर्नुहोस्। मान्यजनको सल्लाह अनुसार चल्दा लाभ हुनेछ। साँझतिर स्वास्थ्यमा समस्या देखिन सक्छ, आहारविहारमा ध्यान दिनुहोस्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पेशा–व्यवसायमा अवसर र लाभ प्राप्त हुनेछ। भूमि वा पशुधनबाट फाइदा मिल्ने सम्भावना छ। साँझपख घरायसी समस्याले तनाव दिन सक्छ। आफन्त टाढिन सक्छन्। साथीभाइसँग सन्तुलनमा व्यवहार गर्नुहोस्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अरूको मामिलामा बढी चासो लिनु समस्याको कारण बन्न सक्छ। व्यापार र अध्ययनमा सामान्य प्रगति हुनेछ। मिहिनेतले केही लाभ दिन सक्छ। साँझतिर परिस्थिती संघर्षपूर्ण देखिन्छ, विवादास्पद कामबाट टाढा रहनु उपयुक्त हुन्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
ज्ञान, कला र व्यक्तित्वमा निखार आउने समय छ। मिहिनेतबाट नाम, दाम र इनाम मिल्नेछ। पारिवारिक जमघट र स्वादिलो खानपानको मौका पाइनेछ। साँझतिर फजुल खर्च बढ्न सक्छ, अरूको भरमा निर्भर हुनुभयो भने फाइदा गुम्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अचानक खर्च बढ्न सक्छ, अर्थअभावको सम्भावना देखिन्छ। मिहिनेतको प्रतिफल अरूले लिन सक्ने खतरा छ। साँझपख सहयोगीहरूले साथ दिनेछन्। अघिल्लो सफलताबाट नयाँ अवसर पाउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मिहिनेतको उचित मूल्य पाइनेछ। व्यापारमा सुधार आउनेछ। साँझपख खर्च बढ्न सक्छ, आवश्यकता पूरा गर्न ऋण लिनुपर्ने अवस्था आउन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कामको अवसर मिल्नेछ। रोकिएको काम अगाडि बढ्नेछ। कर्मयोगले प्रतिष्ठा, लाभ र सफलताको मार्ग खोल्नेछ। साँझदेखि आम्दानी बढ्ने संकेत देखिन्छ। पुराना कामबाट लाभ पाइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थितिले तनाव दिन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने सम्भावना छ। नयाँ काम अघि बढाउन समय लाग्न सक्छ। साँझपख अरूको जिम्मेवारी पनि तपाईँले लिनुपर्ने हुन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ्य कमजोर हुनसक्छ। कामको चापसँगै चुनौतीहरू बढ्न सक्छन्। मिहिनेतको प्रतिफल अरूले लिन सक्छन्। पुरानो वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नु आवश्यक छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिवारको साथले नयाँ काममा प्रेरणा मिल्नेछ। व्यक्तित्व आकर्षक देखिनेछ। प्रेम र मित्रताको सम्बन्ध बलियो हुनेछ। साँझतिर स्वास्थ्यमा कमजोरी आउन सक्छ। काममा ढिलाइ वा अरूको हस्तक्षेपको सामना गर्नुपर्ला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्य राम्रो रहनेछ। समाजमा प्रतिष्ठा बढ्नेछ। चुनौतीहरूलाई हटाउँदै लक्ष्यमा पुग्न सकिनेछ। साँझपख व्यापारमा सुधार आउनेछ। पहिलेको मेहनतले उपलब्धि जोगाउन सहयोग गर्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कामको तालमेल नमिल्दा अलमल हुने सम्भावना छ। छिटो नतिजाको आशाले समस्या ल्याउन सक्छ। मिहिनेतले अध्ययनमा सुधार ल्याए पनि योजना अधुरै रहनेछ। साँझतिर काममा अरूकाे हस्तक्षेपको सम्भावना रहन्छ।









