पर्सा,असोज- २७ गते।
सर्लाहीको पर्सा गाउँपालिका–६, पर्सा मा छठकाे लागि पोखरी सरसफाई गरिएको छ। पनपिहि पोखरीमा गरिएको सरसफाई कार्यक्रममा गाउँका युवा, स्थानीय बासिन्दा लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

आगामी छठ तथा दीपावली पर्वलाई लक्षित गर्दै पोखरी सरसफाई गरिएको हो। हरेक वर्ष झैं यस वर्ष पनि गाउँलाई सफा, सुन्दर र व्यवस्थित बनाउने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको हाे । अभियान आज (मंगलवार ) पनि जारी रहने अध्यक्षकाे सचिवालयले जनाएको छ ।

कार्यक्रममा पर्सा गाउँपालिका अध्यक्ष धिरेन्द्र राय (बिस्पत) स्वयं सहभागी भएका थिए। पोखरी सफाइमा स्वयं सक्रिय रुपमा संलग्न हुँदै उनले सबैलाई सहयोग र सहकार्यका लागि प्रेरित गरेका थिए। अध्यक्ष रायको सचिवालयका अनुसार यस्ता कार्यक्रमले स्थानीय तहमा समुदाय–सरकारको सहकार्य झनै सुदृढ बनाउने विश्वास गरिएको छ।










