आज २०८२ असोज २६ गते आइतवार, १२ अक्टोबर २०२५। कार्तिक कृष्णपक्ष षष्ठी तिथि। मृगशिरा नक्षत्र। आज चन्द्रमा राशि वृष, ८ः३२ बजेपछि मिथुन राशिमा रहने छन् ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रतिद्वन्द्वीहरूलाई सजिलै परास्त गर्न सकिनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
ईर्ष्या गर्नेहरूबाट जोगिएर काम गर्नुहाेला ।शुभचिन्तकहरूको कुरा नसुन्दा दु ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। आजको मिहिनेतले भविष्यमा फाइदा दिनेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)

कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। अरूका विषयमा चासो लिँदा आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।


कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेत परे पनि  फल प्राप्त हुनेछ। होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवहार चलाउन कर्जाको रकम जुटाउनुपर्ने हुन सक्छ। आवश्यकताका वस्तु जुटाउन समय लाग्नेछ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
श्रमको उचित मूल्यांकन हुनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ।  पढाइमा ध्यान केन्द्रित हुनेछ, प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।  भौतिक साधनहरू संग्रह हुनेछन्। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भाग्यले विभिन्न अवसर थमाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ।  अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनेछन्र ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। अवसरका लागि चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। व्यस्तता बढ्नेछ, स्वास्थ्य समस्याले कमजोरी अनुभूति हुनेछ। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न केही समय लाग्नेछ।  सहयोगीहरूबाट साथ पाइनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त भइरहनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने उपलब्धि जोगाउन सफल भइनेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। आर्थिक लाभ हुने काम पनि सम्पादन हुनेछ।


कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। गुरुजनको साथ–सहयोग जुट्नेछ। शैक्षिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। अध्ययनमा प्रगति हुनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला।  बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्नेछ। अरूका विषयमा चासो नलिनुहाेला व्यर्थैमा झमेला पर्न सकिन्छ ।