![]()
सर्लाही, भदौ- २८ गते । पछिल्लो समय देशव्यापी रूपमा चर्किएको ‘जेनजी’ आन्दोलनका कारण उत्पन्न शान्ति सुरक्षाको संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै सर्लाही जिल्लामा लगाइएको कर्फ्यू हटाइएको छ । तर जिल्लाका केही संवेदनशील क्षेत्रहरूमा भने अझै पनि निषेधाज्ञा कायम राखिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।
![]()
प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठद्वारा जारी सूचनामा भनिएको छ कि, मिति २०८२ भदौ २६ गतेदेखि लागू गरिएको जिल्लाभरि निषेधाज्ञा हटाउँदै, मलंगवाका चार किल्लाभित्रको क्षेत्रमा मात्र कर्फ्यू आदेश हटाई निषेधाज्ञा कायम राखिएको हो।
सूचना अनुसार, मिति २०८२ भदौ २७ गते बिहान ५ बजेबाट बेलुका ९ बजेसम्म मलंगवाका ती चार किल्लाभित्र कर्फ्यू लागू गरिएको थियो भने, मिति २०८२ भदौ २८ गते बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सोही क्षेत्रमा पाँच जना वा सोभन्दा बढी व्यक्तिहरू भेला हुन, कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन वा बैठक गर्न नपाउने गरि निषेधाज्ञा जारी गरिएको छ।
![]()
निषेधाज्ञा कायम रहेको मलंगवा क्षेत्रका चार किल्ला अन्तर्गत पूर्वमा: झिम नदी,पश्चिममा: बागमती नहर,उत्तरमा: सशस्त्र प्रहरी बल नेपाल, गण अगर्वा, कविलासी र दक्षिणमा: नेपाल–भारत सीमा क्षेत्र पर्दछ ।
प्रशासनले यी चार किल्ला बाहेकको जिल्लाभर मिति २०८२ भदौ २६ गतेदेखि लागु गरिएको निषेधाज्ञा हटाइएको जानकारी पनि दिएको छ।
जिल्ला प्रशासनले नागरिकहरूलाई संयमित रहन, शान्ति सुरक्षामा सहयोग पुर्याउन तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा सहकार्य गर्न अनुरोध गरेको छ।

कर्फ्यू हटाइए पछि मलंगवाकाे जनजीवन सामान्य भएको छ,भने यस अघि निषेधाज्ञा जारी गरिएको लालबन्दी ,बरहथवा लगायतका क्षेत्रमा बिहानैदेखि बजार पसल खुलेका छन् ।लामाले तथा छाेटाे दुरिका सवारीसाधन निर्वाध सञ्चालन हुन थालेका छन् । बजार क्षेत्रमा मानिसहरूकाे चहलपहल बढ्न थालेको छ ।









