आज २०८२ भदाै २४ गते मंगलवार, ९ सेप्टेम्बर २०२५। आश्विन कृष्णपक्ष द्वितीया तिथि। उत्तरभाद्रपदा नक्षत्र।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सानातिना काममा अल्झिनुपर्ला। समाज वा समुदायको हितमा कार्य गर्न सकिनेछ। नजिकका आफन्तहरू टाढिनेछन्। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। कामले धेरैको मन जित्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ। व्यापारमा थोरै लगानीबाट पनि लाभ आर्जन हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शुभचिन्तकहरूको साथ र सहयोग मिल्नेछ। अरुको मन जितेर लोकप्रियता हासिल गर्न सक्नुहुनेछ। कीर्तिमान कार्य गर्ने समय रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मेहनतीहरूका लागि समय निकै उत्साहवर्धक रहनेछ। महत्त्वाकांक्षी कार्यको शुभारम्भ गर्ने समय रहेको छ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आकस्मिक समस्याले दौडधुप गराउन सक्छ। रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला। सोचेको समयमा काम नबन्न सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा सहयोगीहरूको साथ पाइनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। आम्दानी बढाउने काम सुरु हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवसर जुट्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। शत्रुहरू सक्रिय रहनेछन्। श्रमको उचित मूल्यांकन मिल्नेछ। परिस्थितिवस कार्यक्षेत्रमा पछाडि परिएला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सन्तानको प्रगतिले मन हर्षित रहनेछ। प्रेम सम्बन्ध वा दाम्पत्य जीवनमा आत्मीयता बढ्नेछ। शुभचिन्तकहरूको सल्लाहलाई वेवास्था नगर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले पनि अवरोध पुर्याउन सक्छन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समयको प्रतिकूलताले काम बिग्रन सक्छ। परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ। काम बने पनि उठ्नुपर्ने रकम अड्किन सक्छ। नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ। सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मान प्रतिष्ठा बढ्नेछ। सेवामूलक कामबाट प्रसिद्धि प्राप्त हुनेछ। सरल व्यवहारले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। दिन ऊर्जावान रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ९ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आत्मचिन्तन र आत्ममन्थन गर्ने समय रहेको छ। नयाँ कार्य प्रारम्भ गर्नु भन्दा पनि पुराना कार्यलाई नै निरन्तरता दिनुहोस् सफलता मिल्नेछ। नयाँ अनुबन्धहरू व्यापार विस्तारमा सहायक हुनेछन्। आजको शुभ अंक ५ हाे भने शुभ रंग कलेजी रहेकाे छ ।