२०८२ भदाै १७ गते मंगलवार, २ सेप्टेम्बर २०२५। भाद्र शुक्लपक्ष दशमी तिथि। मूल नक्षत्र, २०ः१२ बजेपछि पूर्वाषाढा। चन्द्रराशि धनु।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दिन उत्तम रहेको छ। आँटेका कार्य सम्पादन हुनेछन्। युवावर्गहरूलाई करियरलाई लिएर राम्रो प्रस्ताव हात लाग्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
दाम्पत्य जीवन सुमधुर रहनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। कार्यक्षेत्रमा व्यस्तता बढ्नेछ। विश्वासको साथमा आफ्नो कुरा राख्न सक्नुहुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साना तिना झगडाले विवादको रुप लिन सक्छ सावधान रहनुहोला। विरोधीहरू कार्यक्षेत्रमा कमी निकाल्ने प्रयास गर्नेछन्। स्वार्थ सिद्धको लागि धन खर्च का योग छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ। गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान लिन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। नियमित फाइदा हुने काममा समय बित्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आत्मविश्वासमा वृद्धि हुनेछ। छरछिमेकीसँग वादविवादको सम्भावना रहेको छ सावधान रहनुहोला। आफ्नो निजी कार्य भोलिलाई नटाल्नुहोस्। सकारात्मक सोचले सबैलाई प्रभावित पार्न सक्नुहुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्तहरूको सहयोग मिल्नेछ। मेहनत अनुसार राम्रो परिणाम प्राप्त हुनेछ। कार्यक्षेत्रमा बोलिको प्रभावले नँया अवसर प्राप्त हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। तर बलजफ्ती गर्ने बानीले साथीभाइ टाढिन सक्छन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
करकापमा परी काममा जुट्नुपर्ने अवस्था रहनेछ। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। छर–छिमेकमा केही असमझदारी बढ्न सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। अवसरका लागि भने केही दौडधुप गर्नुपर्ने देखिन्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
कार्यक्षेत्रमा लगनशीलताले सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ। शत्रुहरू हावी हुनेछन्। प्रतिस्पर्धामा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
रोजगारबाट लाभ मिल्नेुका साथै नयाँ योजनाहरूमा लगानी लगाउने समय रहेको छ। संगीत र कलाको क्षेत्रमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। जीवनमा आलस्यलाई हावी हुन नदिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।