![]()
पर्सा, भदौ -१५ गते ,सर्लाहीको पर्सा र हरिपुर्वा नगरपालिकामा दिनकर अस्पताल र माया आईभीएफ क्लिनिकको संयुक्त आयोजनामा नि:सन्तान दम्पतीकाे लागि नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ।
![]()
आईतवार सम्पन्न उक्त शिविरमा ४० जना निःसन्तान दम्पतीले स्वास्थ्य परीक्षण तथा विशेषज्ञ परामर्श सेवा लिएका छन्।
दिनकर अस्पताल प्रशासनका अनुसार,भाेली सोमबार मलंगवा नगरपालिका वडा नं. ८ स्थित विद्युत् प्राधिकरण नजिकै रहेको दिनकर अस्पताल परिसरमा पुनः नि:शुल्क निःसन्तान स्वास्थ्य शिविर सञ्चालन गरिनेछ।
![]()
बिहान ८ बजेदेखि सुरू हुने सो शिविरमा काठमाडौंस्थित माया आईभीएफ क्लिनिकका वरिष्ठ स्त्रीरोग तथा प्रजनन विशेषज्ञ डा. समा श्रेष्ठ र डा. रश्मी श्रीषले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा दिनेछन्।
१२ वर्षदेखि सञ्चालनमा रहेको माया आईभीएफ क्लिनिकले हालसम्म ७ हजारभन्दा बढी निःसन्तान दम्पतीलाई सफल सेवा प्रदान गरिसकेको जनाएको छ।

दिनकर अस्पतालका सञ्चालक डा. सरोजकुमारका अनुसार, अबदेखि हरेक महिना माया आईभीएफ क्लिनिकका विशेषज्ञ टोलीले मलंगवास्थित दिनकर अस्पतालमा नियमित रूपमा उपचार तथा परामर्श सेवा प्रदान गर्ने कार्यक्रम रहेको छ।

शिविर सफल बनाउन सक्रिय सहयोग पुर्याउने माया आईभीएफ क्लिनिकका चिकित्सक, सम्पूर्ण स्वास्थ्यकर्मी, स्थानीय गाउँपालिका तथा नगरपालिका प्रमुखहरू, वडा अध्यक्षहरू र अन्य सहयोगीहरूलाई दिनकर अस्पतालका सञ्चालक डाक्टर सराेज कुमारले धन्यवाद व्यक्त गरेका छन् ।









