![]()
मलंगवा /भदौ -६, सर्लाही नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले पदबाट राजीनामा दिएका छन्। सभापति सिंहले भदौ ६ गते नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा सम्बोधिन गर्दै सिंहले राजीनामा दिएका हुन्।
सिंहले विसं २०५६ सालमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको हातबाट नेपाली कांग्रेसको सदस्यता लिएका थिए । दुई कार्यकाल सर्लाहीको उपसभापति भई काम गरेका सिंह २०७८ साल फागुन २९ गते नेपाली कांग्रेस सर्लाहीको सभापतिमा निर्वाचित भई जिम्मेवारी सम्हाल्दै आएका थिए।
![]()
राजीनामा पत्रमा सिंहले आफूले सदैव पार्टी र देशको लागि इमानदार रूपमा काम गरेको उल्लेख गर्दै पछिल्लो समय आफूमाथि लागेको मुद्दामा अदालतको निर्णयका कारण आफू अन्यायमा परेको उल्लेख गरेका छन्। उनले अदालतको निर्णयलाई सम्मान गर्ने बताएका छन् । उक्त निर्णयले सभापति पदमा रहन सम्भव नभएको पत्रमा उल्लेख गरेका छन् ।

“मैले नियम, कानुन र पार्टीको बृहत्तर हितलाई ध्यानमा राखी नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीको सभापति पदबाट राजीनामा दिएको छु,” सिंहले पत्रमा उल्लेख गरेका छन्।
सिंहले पार्टीप्रति आफ्नो निष्ठा सदैव कायम रहने र औपचारिक जिम्मेवारी नभए पनि लोकतन्त्रको रक्षार्थ र पार्टीको हितमा आफू सधैं सक्रिय रहने प्रतिवद्धता जनाएका छन्। उनले आफूलाई साथ, सहयोग, समर्थन गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।

नेपाली कांग्रेसको विधान अनुसार अव उपसभापति डाक्टर सराेज कुमारले कार्यवाहक सभापतिकाे जिम्मेवारी सम्हाल्ने छन्। डाक्टर सराेजले सभापति सिंहकाे अनुपस्थितमा यस अघि पनि पटकपटक कार्यबाहक सभापतिकाे जिम्मेवारी सम्हाल्दै आएका थिए ।सभापति सिंहका समर्थकले उनको कार्यकालमा नेपाली कांग्रेस सर्लाहीमा मजबुत भएको बताएका छन् ।

उनको पार्टी प्रतिकाे निष्ठा र लगनका कारणनै पार्टी मजबुत भएको कार्यवाहक सभापति डाक्टर सराेजले बताए । ´सभापति सिंहले पार्टीको लागि ठुलो याेगदान गर्नुभएको छ´, म उहाँको कार्यशैलीकाे अनुसरण गरेर,पार्टीका सवै तह र तप्काका नेतृत्वकाे सल्लाह सुझाव अनुसार अघि बढ्छु,´डाक्टर सराेजले चियाेचर्चाे खबरकर्मीसंग भने ।









