सर्लाही,साउन- ८, जिल्लाको मलंगवा नगरपालिका वडा नं. ८ स्थित गोरखकाली प्रहरी चौकीको चेकपोष्टमा बुधवार  साँझ प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।


प्रहरीका अनुसार सवारी चेकजाँचको क्रममा बुधवार  साँझ करिब ४:३० बजे ट्राफिक र प्रहरीको संयुक्त टोलीले भारतीय नम्बर प्लेट (BR 30A 1071) भएको मोटरसाइकल रोकेर कागजात जाँच गर्दा चालक मोहन पासवानले  कागजात साथमा नभएको, मोबाइलमा रहेकोबताएका थिए।


पासवानले  मोबाइलमा कागजातकाे फाेटाे  देखाउने क्रममा उनकाे अन्दाजी १२ वर्षीय छोरा नवल पासवानले
हातमा कटुवा पेस्तोल बाेकेकाे फाेटाे फेलापरेकाे थियो ।
प्रहरीका अनुसार उनी मलंगवा नगरपालिका वडा नं. ६, सुखैनियाका बासिन्दा हुन्।

प्रारम्भिक सोधपुछमा उनले उक्त कटुवा पेस्तोल रामहुलास पासवानको भएको बताएका थिए । रामहुलास पासवान सोही वडाका धनिपत पासवानका २३ वर्षीय छोरा हुन्।


जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी निरीक्षक रविन्द्र कार्कीको कमाण्डमा खटिएको प्रहरी  टोलीले राति ९:३० बजे सुखैनिया पुगेर रामहुलासलाई पक्राउ गरेकाे  थियो । प्रहरीले रामहुलासको घरको पूर्वपट्टिको भित्तामा कपडाले बेरिएको अवस्थामा लुकाइएको १ थान कटुवा पेस्तोल बरामद गरेको जनाएको छ ।


दुवैजनालाई आवश्यक अनुसन्धानका लागि सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखि  थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।