सर्लाही, साउन -१ सर्लाहीको लालबन्दी नगरपालिका–१०, चन्द्रपुरस्थित एक माध्यमिक विद्यालयमा होटल व्यवसायी प्रेम लामाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै डोनेसन बक्स राखिदिएका छन्।


स्थानीय वासिन्दा समेत रहेका लामाले आफ्नै टोलको विद्यालयमा सहयोगका लागि एक थान डोनेसन बक्स हस्तान्तरण गरेका हुन्।


उनले आफ्नो होटल व्यवसायमार्फत विभिन्न वस्तुहरूको बिक्रीबाट संकलन हुने निश्चित रकम सो बक्समार्फत विद्यालयलाई नियमित रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदय पाख्रिनका अनुसार लामाको यो पहल शिक्षामा निजी क्षेत्रको सहकार्यको सकारात्मक उदाहरण हो। यसबाट अन्य व्यवसायीहरू पनि प्रेरित हुने अपेक्षा गरिएको छ।