साेम दियाली /लालबन्दी
असार – सर्लाहीको लालबन्दीमा व्यवसायिक कुखुरा पालक सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ ।
कृषि र पशुपालन पेशालाई गरौं सम्मान, प्रगतिको सम्वाहक कृषक नै हुन महान भन्ने नाराका साथ लालबन्दीमै रहेको प्रगति ग्रुप अफ कम्पनीले उनीहरुलाई व्यवसायिक कुखुरा पालन सम्बन्धी एक दिने तालिम प्रदान गरेको हो ।


तालिममा व्यवासयिक रुपमा कुखुरा पालन गरिरहेका जिल्लाका ७० जना किसानहरुको सहभागिता रहेको थियो । तालिमले उनीहरुको व्यवसायलाई थप व्यवसायिक बनाउन सहयोग पुग्ने आयोजक प्रगति ग्रुप अफ कम्पनीका सञ्चालक कल्याण कुमार केसीले बताउनुभयो ।
तालिममा सहभागिहरुलाई कृषि तथा पशुविज्ञ डा. अरविन्द मण्डल र प्रशिक्षक विनोद कुमार महतोले प्रशिक्षण दिनु भएको थियो । उहाँहरुले कुखुरा पालन व्यवसाय गर्दा ध्यान दिनु पर्ने कुरा, कुखुरामा लाग्ने विभिन्न खाले रोग र रोगबाट बच्ने तरिका, कुखुरालाई खुवाउने दाना लगायतका विषयमा सहभागि कुखुरापालक किसानहरुलाई सिकाउनु भएको थियो ।
सानै लगानीमा पनि नेपालमै आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदेश्यका साथ युवाहरुलाई स्वरोजगार बनाउने काम गरिरहेको प्रगति ग्रुप अफ कम्पनीले लालबन्दीका विभिन्न स्थानमा युवा व्यवसायीहरुकै सहलगानीमा मासु पसल, कुखुराको दाना, तयारी कुखुरा, चल्ला विक्री केन्द्रहरु स्थापना गरेको छ ।
त्यस्तै बिउविजन पसल, फुड ल्याण्ड, होटल व्यवसायमा समेत काम गरिरहेको कम्पनीले राजधानीका विभिन्न स्थानमा समेत मासु पसलहरु सञ्चालन गरी युवाहरुलाई स्वरोजगार बन्न प्रेरित गरिरहेको छ ।