
सर्लाही,फागुन -६, हरिपुर नगर शिक्षक महासंघका अध्यक्ष तारा ढुङ्गेलले हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पजियार, प्रशासनिक प्रमुख विनय पौडेल तथा शिक्षा शाखा प्रमुख नागेश्वर रायलाई संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाउनु भएको छ ।
महासंघले शिक्षासम्बन्धी विभिन्न विषयहरूमा सम्बोधन गर्नुपर्ने माग राख्दै नगरपालिकाको ध्यानाकर्षण गराएको हो। ध्यानाकर्षण पत्रमा शिक्षकहरूको हकहित विगतमा भएका सहमति कार्यान्वयन , शिक्षाको गुणस्तर वृद्धिलगायतका विषय समेटिएको महासंघले जनाएको छ।

विगतमा सरकारसग भएका माग पुरा नभए चरणबद्ध आन्दोलनमा उत्रने महासंघले चेतावनी दिएको छ। ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख पजियारले शिक्षकको मागप्रति आफूहरू सकारात्मक रहेको बताउँदै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।


त्यस्तै नेपाल शिक्षक महासंघ चन्द्रनगरले पनि गाउँपालिका अध्यक्ष राजकुमार महतोलाई ध्यानाकर्षण पत्र बुझाउदै ,महासंघकाे घाेषणा गरेको आन्दोलनको कार्यक्रमका विषयमा जानकारी गराएको छ ।

ध्यानाकर्षण पत्र बुझाउन आन्दोलन परिचालन समितिका सदस्य तथा प्रधानाध्यापकहरू गाउँपालिका पुगेका थिए।









