सर्लाही, माघ-१३, जिल्लाकाे हरिपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी विनय पौडेलले  सम्हालेका छन्।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार   पौडेललाई हरिपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको थियो ।


तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन रहेको नगरपालिकाले आइतवारदेखि  प्रमुख प्रशासकीय अधिकृत पाएको हो ।


प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाले आर्थिक वर्ष  २०८१/८२ को कुनै योजना संचालन गर्न  सकेको थिएन भने  कर्मचारीहरूको तलब भत्ता समेत रोकिएको थियो ।


तीन महिना अघि  प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतोको  सरुवा भएपछि मन्त्रालयले यहाँ प्रमुख प्रशासकीय अधिकृत पठाएको थिएन ।