सर्लाही,भदौ -३,जिल्लाको पर्सा गाउँपालिका ६ अन्तर्गत पर्ने नेपाल भारत सीमाबाट सशस्त्र प्रहरीले शनिवार राति पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा  सर्लाहीको हरिपुर्वा नपा ६ खरमार टोल बस्ने जीवन कुमार यादव र प्रकाश यादव रहेका छन् । उनीहरूकाे साथबाट अटोमेटिक पेस्तोल १ थान र १५ थान गोलि, १ थान कटुवा पेस्तोल र ५ थान गोलि बरामद भएको संग्रामपुर सशस्त्र प्रहरी वेशका इन्चार्ज कृष्ण बहादुर गुरुङले जानकारी दिए ।


उनका अनुसार भारतबाट भारतीय नम्बरको मेटरसाइकलमा नेपाल  आएका दुई जना युवाहरूको तलासी लिँदा १ थान अटोम्टिक पेस्तेल, १ थान कटुवा पेस्तोल र २० राउन्ड गोलि बरामद भएको हाे ।
उनीहरूलाई  शनिवार राति ८ बजे पक्राउ गरी आवश्यक अनुसंधानको लागि जिल्ला प्रहरी कार्यालय मलंगवामा बुझाइएको छ  ।