सर्लाही,साउन-१४,जिल्ला सुरक्षा समिति सर्लाहीकाे बैठक आइतवा दिउँसो सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा जिल्ला समन्वय समिति मलंगवामा सम्पन्न  सर्वदलीय/सर्वपक्षीय बैठकले दुवै पक्षले सामाजिक सद्भभाव कायम राख्ने सहमति गरिएको हाे ।


बैठक पछि जारी गरिएको अपिलमा  इस्लाम धर्मावलम्बीहरुको महान पर्व ताजिया/मोहरम/दाहा पर्व मनाउने क्रममा हिजो (शनिवार) साँझ  अन्दाजी  ७:०० बजे गोडैता नगरपालिका वडा नं. ७ र ८ स्थित गोडैता बजारमा भएको अप्रिय एवम्‌ असमाजिक घट्नाले  अत्यन्त दुखित तुल्याएको उल्लेख छ।
सर्लाही हरेक किसिमको अतिवादको अन्त्य गर्ने, सामाजिक सद्भाव कायम गर्ने, सदियौं देखिको सामाजिक सद्भावमा कुनै स्वार्थ प्रेरित घुसपैठ हुन नदिन हामी सम्पूर्ण रुपमा सचेत र क्रियाशील छौं, अपिलमा भनिएको छ ।


त्यसका विरुद्ध हरेक गतिविधिहरु आपराधिक रुपमा पहिचान गरी कार्यवाही अगाडी बढाइने सार्वजनिक अपिल उल्लेख छ । मानव अधिकारको सम्मान, शान्ति सुव्यवस्था कायम, सार्वजनिक संम्पत्तिको संरक्षण, समाजिक सद्भाव कायम गर्न आ-आफ्नो दायित्व पूरा गर्न समेत अपिल  गरिएको छ ।
शान्तिपूर्ण समाज निर्माणमा खलल पुर्‍याउने घट्ना आफैमा खेदजनक हो, ´तसर्थ दुवै समुदायबीच शान्ति सद्भाव एवम्‌ आपसी भाइचरा कायम गर्न एवम्‌ बजार/पसल नियमित रुपमा खुल्ला गरी संचालन गर्न,जनजीवन सामान्य तुल्याउन अपिल मार्फत सर्वदलीय/सर्वपक्षीय बैठकले आग्रह गरेको छ ।


बैठकमा जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह,नेपाली कांग्रेस सर्लाहीका उपसभापति डा. सराेज कुमार यादव, गोडैताका मेयर देवेन्द्र यादव,सुरक्षा निकायका प्रमुखहरू, दुवै पक्षका  अगुवा, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको  थियो ।


बैठक अघि बिहान प्रमुख जिल्ला अधिकारी यादवसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखसहितको टोलीले झडप भएको  गोडैता बजार क्षेत्रको निरीक्षण गरेका थिए ।
शनिवार साँझ गोडैता बजारमा भएको झडपमा दुवै पक्षका स्थानीय तथा प्रहरी घाइते भएका थिए ।स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुकाेसथै हवाई फायर गर्नुकासाथै सुरक्षाकर्मीकाे तैनाथी बाक्लो पारिएको थियो  ।