सर्लाही,साउन-१३,जिल्लाको बलरा नगरपालिका-१, हथियौलमा शनिवार चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।


चट्याङ लागेर मृत्यु हुनेमा हथियौलकै ४५ वर्षीय किसान अर्जुन पटेल रहेका छन् ।
शनिवार (आज) दिउँसो साँढे एक बजेतिर झरी परिरहेको बेला चट्याङ लागेर भैँसी चराइरहेका पटेल र उनको भैँसीकाे घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएकाे छ ।
मृतक किसानकाे शव घटनास्थलको मुचुल्का तयार पारी पोष्टमार्टका लागि सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।