राजु तामाङ/ सर्लाही
चैत्र-३०,राष्ट्रिय शिक्षा पुरस्कार २०७९ बाट कम्युनिटी वेलफेयर इङ्गलिस स्कुल लालबन्दी सर्लाहीका फाउण्डर /प्रिन्सिपल सुदिप कार्की सम्मानित भएका छन ।
कार्की  चैत्र २९ गते काठमाडौंमा भएको  गीता अभियसन ग्यालेक्सी एक्सलेन्स अवार्ड सिजन -२ अन्तर्गत द नेशनल एजुकेसन हिरो अवार्डबाट  सम्मानित भएका हुन ।


सर्लाहीसहित   देशका विभिन्न सहरमा रहेका निजी विद्यालयहरू  उनको व्यवस्थापनमा सञ्चालन भएका छन् ।  शिक्षामा क्षेत्रमा उनले गरेको योगदानको कदर गर्दै,एजुकेसन हिरो अवार्डबाट  सम्मानित गरिएको आयाेजकले जनाएको छ ।
कार्कीले जिल्लामा कम्युनिटी वेलफेयर इङ्गलिस स्कुल लालबन्दी, ईश्वरपुर मनकामना इङ्गलिस स्कुल, ब्राइट फ्युचर एकेडेमी परवानीपुर, एलिट इङ्गलिस बोर्डिङ स्कुल कर्मैया, आर्य पब्लिक स्कुल गोडैता, मम्स ल्याप एकेडेमी मियाखोर , राजदेवी इङलिस स्कुल पत्थरकोट, बुद्ध एकेडेमी हिरापुर,मनकामना इङ्गलिस स्कुल हरिवन, र जानकी बोर्डिङ स्कुल गोडैतामा व्यवस्थापकीय भूमिका निर्वाह गर्दै आएका छन् । 

जिल्ला बाहिर उनको व्यवस्थापनमा  मकवानपुर एभरेस्ट स्कुल हेटौंडा, नोबेल स्कुल काठमाडौं र संस्कार एकेडेमी काठमाडौं सञ्चालनमा रहेका छन् ।
उक्त अर्वार्ड कार्कीसँगै सर्वोत्कृष्ट नायक प्रदिप खड्का, सर्वोत्कृष्ट नायिका स्वस्तिमा खड्का, सर्वोत्कृष्ट कमेडी शो दिपाश्री निरौला, लोकप्रिय मिडिया पर्सन ऋषि धमला र वर्ल्ड जिनिस रेकर्ड होल्डर डा. डिएन उपाध्याय लगायत देशभरिबाट ६ विधाका ३५ जनालाई प्रदान गरिएको  थियो ।
कार्यक्रममा उद्योग  वाणिज्य तथा आपूर्तिमन्त्री  रमेश रिजाल, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष तथा नायक भुवन केसी, हाँस्यकलाकार किरण केसी, बसुन्धरा भुषाल, दिनेश डिसी लगायतकाे आतिथ्यता  रहेको थियो ।