प्रकाश मैनाली/ सर्लाही
चैत -२९,जिल्लाको हरिवनमा रहेको बागमती सेवा समाज नेपालले आज (बुधवार ) विपन्न परिवारलाई खाद्य सामाग्री वितरण गरेको छ ।
संस्थाले हरिपुरमा इस्लामिक रिलिफ नेपालको सहयोगमा खाद्यान्न सामग्री प्रदान गरेको हो ।


हरिपुर नगरपालिकाको वडा नं. २, ५ र ६ का अतिविपन्न , दलित तथा अशक्त परिवारलाई खाद्यान्न वितरण गरिएको बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले बताए ।
खाद्यान्न वितरण कार्यक्रममा हरिपुरका मेयर गोपाल पजियार, उपमेयर निलमदेवि राय, जिल्ला प्रशासन कार्यालय मलंगवाका निमित्त कार्यालय प्रमुख राजकुमार थापा, हरिपुर नगरका जनप्रतिनिधि तथा सहयोगी संस्था इस्लामिक रिलिफ नेपालका नेपाल प्रमुख तल्लाह जमाल, इस्लामिक रिलिफ नेपालका अनुगमन, मुल्यांकन, जवाफदेहिता तथा सिकाइ विभाग प्रमुख प्रज्ञा अधिकारी लगायत सहभागिता रहेको थियो ।

खाद्यान्न पाउँदा आयस्रोत न्यून रहेका परिवार खुसी भएका छन् । हरिपुरमा ३८८ घर परिवारलाइ प्रति परिवार ५ हजार ६२५ रुपैयाँ बरावरको खाद्यान्न तीन दिनभित्र वितरण गरिसक्ने बागमती सेवा समाज नेपालका कार्यक्रम संयोजक गजेन्द्र साहले बताए । खाद्यान्न सामग्रीमा चामल, दाल, तेल, चिनी, नुन, चना, मसला, चियापतीलगायत रहेका छन् ।