सर्लाही,चैत -१८,नेकपा एमालेलेको राष्ट्रिय अभियान,´ मिसन ग्रासरुट` अन्तर्गत सर्लाहीको बरहथवाको १८ वटै वडामा कार्यक्रम सम्पन्न भएको छ।

बरहथबा नगर कमिटीको सहयोगमा राष्ट्रिय अभियान मिसन ग्रासरुट सम्पन्न भएको नगर कमिटीका संयोजक अमरेन्द्र सिंहले जानकारी दिए।
कार्यक्रममा नगर कमिटी ,जिल्ला कमिटी ,केन्द्रीय कमिटीका सदस्यीयहरुको सहभागीता रहेको थियोे ।

कार्यक्रममा बरहथवा नगर कमिटीका सदस्य शिला यादब,प्रदेस कमिटी सचिवालय सदस्य सुन्दर बिश्वकर्मा ,प्रदेस कमिटी सदस्य प्रभु नारायण सिवाकोटी जिल्ला कमिटीका सदस्यहरु खटिएका थिए । कार्यक्रममा पार्टीको संगठनलाई प्रभावकारी बनाउन नीतिगत सिद्धान्तगत विषयमा छलफल भएको बताइएको छ।


मिसन ग्रासरुट कार्यक्रममा स्थानीय निर्वाचन ,प्रदेश सभा र प्रतिनिधि सभा निर्बाचनहरुका बारेमा समिक्षा गरिएको थियोे ।पार्टी भित्र भएका कमीकमजोरीलाई आत्मसात गर्दै आगामी दिनमा पार्टीलाई थप बलियो बनाएर लैजानुपर्नेमा सहभागीले जोड दिएका छन।


प्रतिनिधि सभा तथा प्रदेस सभाको निर्वाचनमा लक्ष्य अनुसारको परिणाम नआएको भन्दैमा एमालेले राष्ट्रिय अभियान मिसन ग्रासरुट संचालन गरिरहेको छ।