मनोज यादव/सर्लाही,फागुन- १०, प्रोग्रेशिभ फाइनान्स लिमिटेड बरहथवा शाखाको औपचारिक रुपमा उद्घाटन गरिएको छ।

६ महिना अगाडीदेखि बरहथवा नगरपालिका स्थित शाखाबाट सेवा संचालन गर्दै आएको फाइनान्सको मंगलवार एक समारोहका बिच औपचारिक उद्घाटन गरिएको छ।
फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरू उक्त नयाँ शाखाहरूबाट समेत प्रवाह गरिने जानकारी फाइनान्सले दिएको छ ।
देशका प्रमुख शहरहरूमा आफ्नो शाखा विस्तार गरी सरल तथा सहज रुपमा वित्तीय सेवा उपलब्ध गराउने उद्देश्य अनुरू बरहथवा शाखा कार्यालयको स्थापना गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईले बताए ।
यसअघि सर्लाहीको सदरमुकाम मलंगवामा शाखा संचालनमा ल्याइसकेको यस संस्थाको बरहथवा शाखाबाट बरहथवा नगर क्षेत्रसहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरूमा बसोबास गर्ने स्थानीय जनताको घरदैलोमै गई उच्चतम प्रविधि उपयोग गरी वित्तीय सेवा उपलब्ध गराउने प्रमुख कार्यकारी अधिकृत हुमागाईले जानकारी दिए ।
एटीएम, मोबाइल बैंकिङ, ई–बैंकिङ, कनेक्ट आइपीएस, सी आस्वालगायत प्रविधिमा आधारित आधुनिक डिजिटल बैकिङ सेवाहरूको उपलब्धता रहेको फाइनान्सको ८० करोड भन्दाबढी चुक्ता पुँजी रहेको संस्थाले जनाएको छ।
फाइनान्सका संचालक समिति अध्यक्ष किशोर महर्जनको अध्यक्षता तथा बरहथवा नपा नगर प्रमुख देवानन्द महतोको प्रमुख आतिथ्यता र उद्योग वाणिज्य संघ बरहथवाका पुर्व अध्यक्ष निरंजन दासको विशिष्ट कार्यक्रम सम्पन्न भएको हाे। कार्यक्रममा इलाका प्रशासन कार्यालय बरहथवाका कार्यालय प्रमुख राजेश राय,फाइनान्सका भुपु संचालक लक्ष्मण यादव,क्षेत्रिय प्रमुख विनय कुमार साह,इप्रका बरहथवाका प्रहरी निरिक्षक नरेन्द्र कुमार मरवैता,उद्योगी,व्यापारी,विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरुको उपस्थिति रहेको बरहथवा शाखाका प्रमुख मनोज कुमार रायले जानकारी दिएका छन ।
उद्घाटनको अवसरमा फाइनान्सले संस्थालाई सहयोग पुर्याउने ब्यक्ति तथा कार्यक्रममा सहभागी अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरेको मधेश प्रदेश क्षेत्रिय प्रमुख विनय कुमार साहले बताए ।
उनले फाल्गुन ८ गते जनकपुर र ९ गते महोत्तरीको गौशालामा पनि शाखाहरुको औपचारिक उद्घाटन गरिएको र निकट भविष्यमा थप नयाँ शाखाहरुको समेत विस्तार गर्ने योजना रहेको जानकारी दिए।