राजघाट,फागुन -२,सर्लाही बागमती नगरपालिका -८,गिरी टोलमा आगोमा जलेर एक वृद्धको ज्यान गएको छ ।


आगोमा जलेर ज्यान गुमाउनेमा अन्दाजी ६५ वर्षका रामअशिष साह रहेका छन् । साह २ वर्ष देखि प्यारालाइसिसको बिरामी रहेका प्रहरीले जनाएको छ ।
साेमवार बिहानीपख अन्दाजी २:३० बजेको समयमा आफ्नै घरको अगाडि आगाे बालेर तापिरहेका साहकाे शरीरमा अचानक आगो सल्केको थियो ।
आगोमा जलिरहेको देखेका छिमेकीहरुले पानी हालेर आगो निभाउने प्रयास गरेपनि उनको मृत्यु भएको छिमेकीले बताएका छन् । खबर प्राप्त हुनासाथ राजघाटबाट पुगेको प्रहरी टोलीले मुचुल्का लगायतकाे काम पूरा गरि अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाही सुचना अधिकृत प्रनाउ माधब प्रसाद बुढाथोकी जानकारी दिएका छन् ।