हरिवन,माघ १९,प्रेस चौतारी नेपाल सर्लाहीको अध्यक्षमा पुनः अच्यूतम सापकोटा चयन भएका छन् ।


नेकपा एमाले निकट प्रेस चौतारी नेपालकाे बुधबार बिहान हरिवनमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट सापकोटाको अध्यक्ष मा चयन भएका हुन। सापकोटाकाे नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ।
समितिमा मधु कटुवाल र रीना आले उपाध्यक्ष, राजु लो सचिव, आरती सेन्चुरी कोषाध्यक्ष, सन्देश अधिकारी र राजु मण्डल सहसचिव लगायत अन्य सदस्यहरु रहेका छन् ।
अधिवेशनमा नेकपा एमाले प्रदेश २ का उपाध्यक्ष रेवती पन्त, एमाले सर्लाहीका सहसचिव विदुर कुमार प्याकुरेल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य फणि महत, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्री लगायतको आतिथ्यता रहेको थियो ।