बागमती, माघ -१२,ईलाका प्रहरी कार्यालय हरिवनकाे टाेलीले बागमती नगरपालिकाकाे धरहराबाट नगद ४ लाख ८४ हजार ५० रूपैंया सहित १२ जना जुवाडे पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत प्र.ना.उ. माधव प्रसाद बुढाथाेकीका अनुसार पक्राउ पर्नेमा जुवा खेलाउने घरबेटीसहित रहेका छन् । पक्राउ पर्नेमा बसवरिया गाउँपालिका-५ का ३३ वर्षीय रामज्ञान राय, ३२ वर्षीय सन्तोष साह, ५० वर्षीय छेदु साह, बागमती नपा-३ का ३९ वर्षीय गौरिशंकर साह, ३४ वर्षीय संचर घिसिङ र ३४ वर्षीय जित बहादुर बम्जन रहेका छन् । पक्राउ पर्ने अन्यमा हरिवन नपा-१० का २८ वर्षीय प्रकास अधिकारी र ५७ वर्षीय अर्जुन केसी, ३२ वर्षीय साजन पौडेल, बरहथवा नपा-५ निवासी २८ वर्षीय जुनैन अंसारी र बरहथवा-१० निवासी २९ वर्षीय रामबिर चौधरी, रौटहट चन्द्रनगर नपा-१ निवासी ५१ वर्षीय दिल बहादुर लामा रहेका छन् ।
उनिहरूलाई मंगलवार राती पाैने १२ बजे बागमती नपा-३ धरहरा स्थित ढलक बहादुर तामाङको घरबाट ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भूपेन्द्र गिरी नेतृत्वकाे टाेलीले पक्राउ गरेको हाे ।
उनिहरूलाई जुवा खेलिरहेकाे अवस्थामा नगद ४ लाख ८४ हजार ५० रूपैंया र काैडासहित नियन्त्रणमा लिईएकाे प्रहरीले जनाएको छ ।
उनिहरू ढाेकामा बाहिरबाट ताल्चा लगाएर काेठाभित्र जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन । पक्राउ परेकाहरुलाई जुवातास नियन्त्रण ऐन अन्तर्गत कार्बाही प्रकृया अगाडि बढाईएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएकाे छ ।









