लालबन्दी ,माघ – ४, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन सडक खण्डमा मंगलबार दिउँसो यात्रुबस पल्टिँएको १७ जना घाइते भएका छन् ।

ईलाका प्रहरी कार्यालय हरिवनका अनुसार बसमा सवार १७ जना घाईते भएका छन् । एकजनाकाे अवस्था गम्भिर छ ।
दुर्घटनामा घाईतेहरुको हरिवन स्थित नमूना अस्पताल तथा अन्य स्वास्थ्य केन्द्रमा उपचार भईरहेको र घाईतेहरुको संख्या र अवस्थाबारे एकिन विवरण संकलनको काम भईरहेको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो पश्चिमबाट पूर्वतर्फ आईरहेको ना. ५ ख ५०५५ नम्बरको अग्नी यातायात बस दिउँसो पौने ३ बजे हरिवन नगरपालिका–९, नोचामा पल्टिएको हो ।
बस पूर्व–पश्चिम राजमार्गबाट तल खसेको छ ।









