![]()
सर्लाही, हेमपुर,असार —३०, जिल्लाको कबिलासी नगरपालिका–५ घरदौली टोलमा आइतवार साँझ २ वर्षीय बालक सुरज पासवानको पोखरीमा डुबेर मृत्यु भएको छ।

स्थानीय देव नारायण पासवानका छोरा सुरज आइतवार अन्दाजी साँझ ७ बजेतिर घरबाट खेल्न निस्केका थिए।
बालक हराएको सूचना प्राप्त भएपछि राति ८:४० बजे अस्थायी प्रहरी पोष्ट हेमपुर पचगछिया बाट पुगेको प्रहरी टोली र स्थानीयबासी, आफन्तले खोजतलास गरेका थिए।

खोजतलास गर्ने क्रममा राति ९:१० बजे सुरज बिन्देश्वर रायको घरपछाडिको पोखरीमा मृत अवस्थामा फेला परेका थिए। उक्त पोखरी बालकको घरबाट करिब १०० मिटर पश्चिम रहेको प्रहरीले जनाएको छ ।

बालकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको ईलाका प्रहरी कार्यालय हरिपुरका प्रमुख प्रहरी निरीक्षक रोमन राज अर्यालले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









