बसबरिया, जेठ- ३१, सुनरी माई युवा क्लब, बसबरिया–२ मानपुरद्वारा आयोजित क्रिकेट टुर्नामेन्टको फाइनल खेल सम्पन्न भएको छ।
फाइनल खेल मानपुर र धनगढा टिमबीच प्रतिस्पर्धा भएको थियो, जसमा धनगढा टिमले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि उचाल्न सफल सफल भएको छ ।


कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका युवा नेता गजेन्द्र साह, विशिष्ट  अतिथिका  पूर्व गाउँपालिका अध्यक्ष राम अयोध्या यादव, कांग्रेस नेता विनोद राय र नेता मदन रायले विजेता धनगढा तथा उप विजेता टिमलाई टिमलाई ट्रफी, प्रमाणपत्र  प्रदान गरेका थिए ।


अतिथिहरूले खेलाडीहरूलाई शुभकामना दिँदै युवापुस्तामा खेलकुदको विकासले देश निर्माणमा सहयोग पुर्‍याउने बताए।


उत्कृष्ट ब्याटिङ र बलिङ प्रदर्शनमार्फत धनगढाले उपाधि सुनिश्चित गर्‍यो। युवा क्लबले आगामी दिनमा अझ भव्य प्रतियोगिता आयोजना गर्ने  जनाएकाे छ ।