काठमाण्डौं,जेठ—२५,एमालेनिकट अनेरास्ववियुको आइतवार(आज)बाट सुरु हुने२४औँ राष्ट्रिय महाधिवेशनमा ३२ वर्षे उमेरहद लागू  भएपछि अध्यक्षकोप्रतिस्पर्धीका रूपमा नेतृत्व लिन सोही उमेर समुहबाट सचिव अञ्जनाशिवाकोटीले प्रचारप्रसार तीव्र बनाएकी छिन् ।

उनीसंगै अन्य चार जना सचिवले पनि अध्यक्षको दाबी गरेका छन् । उमेरहदकाकारण नेतृत्वको दाबेदार मानिएका उपाध्यक्ष र महासचिवसँगै १५ जनापदाधिकारीको अवकाश हुने भएकाले ‘जुनियर पदाधिकारी’का रूपमा काम गरिरहेकासचिवहरू अध्यक्ष बन्न अग्रसर भएका हुन् ।

१५ पदाधिकारीको बिदाइसँगै ३२ वर्षमुनि उमेर समुहमा रहेका पाँचजना सचिवहरूअञ्जना सिवाकोटी, दीपक धामी, प्रकाश पौडेल, सुजन कँडरिया र आरती भट्टराईप्रतिस्पर्धामा अग्रसर भएका हुन । यधपि सम्मेलन उद्घाटनको दिन आइतर(आज)सम्म जनसंगठन समन्वय संयन्त्रले उनीहरूमध्ये कसैको नाममा पनि सहमतिजुटाउन नसके पछि उनीहरुले अध्यक्षका उम्मेदवारका रूपमा प्रचार गरिरहेकाछन् ।प्रतिस्पर्धामा अन्यको तुलनामा महिलाबाट शिवाकोटी र पुरुषबाट धामी बलियोउम्मेदवारको रूपमा खडा भएको र जनसंगठन समन्वय संयन्त्रले पनि कार्यकारीभूमिकामा दुवैको व्यवस्थापन गराएर अरुलाई उपाध्यक्षमा समेट्ने गरीआन्तरिक छलफल बढाएको स्रोतले जनाएको छ ।

कम उमेरका कारण पूर्ण कार्यकाल काम गर्न सक्ने, कराँतेको अन्तर्राष्ट्रियखेलाडी तथा स्नातकोत्तर उत्तीर्ण शिवाकोटीलाई रामकुमारी झाँक्री, नवीनालामा र सुनिता बरालपछिको अध्यक्ष बनाउँदा राम्रो सन्देश जाने भन्दैअखिलकै पूर्वनेतृहरूले पनि लबिङ गरिरहेका छन् । धामीको पक्षमा रहेकाहरूलेभने शिवाकोटीको उमेर बाँकी नै रहेकाले अहिलेलाई महासचिव र उपाध्यक्षमाव्यवस्थापन गरेर अर्कोपटक नेतृत्वमा लैजान सकिने विकल्प अगाडि सारेका छन्।

पार्टीले विवेकसम्मत ढंगले नै सर्वसम्मत नेतृत्व चयनको निर्णय लिनेमाआफू् विश्वस्त रहेको शिवाकोटीले बताइन् ।११ जेठमा बसेको एमाले सचिवालय बैठकले कांग्रेस र माओवादीको विद्यार्थीसंगठन नेविसंघ र अखिल क्रान्तिकारीमा जस्तै उमेरहद लागू गर्ने निर्णयगरेर कार्यान्वयनका लागि पार्टीको जनसंगठन समन्वय संयन्त्र संयोजक रइन्चार्जलाई निर्देशन दिएको थियो । सो निर्णयसँगै अध्यक्षका लागि बलियोदाबेदार मानिएका महासचिव नरेश रोकायसहित उपाध्यक्षहरू रामचन्द्र घर्ती,गोविन्द गिरी, मर्यादा विष्ट र धर्म गिरी उमेरहदकै कारण बिदा हुँदै छन् ।महाधिवेशनको  आइतवार (आज) अध्यक्ष केपी ओलीले त्रिभुवन विश्वविद्यालयपरिसर कीर्तिपुरमा उद्घाटन गरेका छन् ।