सर्लाही ,जेठ-१८, जिल्लाकाे लालबन्दीमा शुक्रवारबाट सुरु भएको तेश्रो क्योकुसिन कान कराते खुल्ला राष्ट्रिय प्रतियोगिता शनिवार राति अवेर ११ बजे सम्पन्न भएको छ ।
लालबन्दी नगरपािलकाको सहयोगमा नेपाल क्योकुसिन कान कराते संघ सर्लाहीले प्रतियोगिताको आयोजना गरेको थियोे । प्रतियोगितामा देशभरिबाट ४० देखि ६५ केजी ताैल समुहका १२० बढी खेलाडी सहभागी भएका थिए ।


एघार गाेल्ड मेडल रहेको प्रतियोगितामा सर्लाहीले ८, कास्कीले – २ र नुवाकोटले – १ गाेल्ड मेडल जित्न सफल भएका क्योकुसिन कान करातेका ब्रान्च चिफ भिमप्रसाद काफ्ले (सुवास) ले चियाेचर्चाे खबरलाई जानकारी दिए । प्रतियोगितामा ६५ केजी ताैल समुहमा कास्कीका खेलाडीले प्रथम पुरस्कार साईकल जित्न सफल भएका छन् ।
संघका जिल्ला अध्यक्ष गाेपाल श्रेष्ठकाे अध्यक्षतामा भएको समापन समाहराेमा प्रमुख अतिथि लालबन्दी नगरपालिकाका प्रमुख (मेयर) बासुदेव अधिकारीले प्रतियोगितामा विभिन्न ताैल समुहका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई सिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।


समापन समाहराेमा काठमाडौ,कास्की ,नुवाकोट,हेटौंडा
,वीरगन्ज र जनकपुरबाट प्रतियोगितामा रेफरीकाे भूमिका निर्वाह गर्न आएका खेल प्रशिक्षकहरू र प्रतियोगिता सफल बनाउन सहयोग गर्ने विभिन्न संघसंस्था र व्यक्तिहरूलाई मायाको चिनाे प्रदान गरिएको थियो ।


समापन समाहराेमा क्योकुसिन कान कराते संघ सर्लाहीका पूर्व अध्यक्ष एवम् एमाले नेता गाेविन्द महत ,लालबन्दीका विभिन्न वडाका अध्यक्षहरू,संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूकाे सहभागिता रहेको थियो ।
प्रतियोगिताकाे प्रदेश सांसद पूर्वमन्त्री बेची लुंगेलीले शुक्रवार उद्घाटन गरेकी थिइन् ।