सर्लाही,जेठ -१७, ´पुँजीकाे सदुपयोग गराैं, उद्यमशील बनाै´ भन्ने नाराका साथ वैदेशिक राेजगारमा गएका घर परिवारका लागि  तीन दिने पुँजी  व्यवस्थापन तथा  उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ।

महिला उद्यमशीलता तथा  समविकास संस्था लालबन्दी -७ काे आयाेजना तथा लालबन्दी नगरपालिकाकाे आर्थिक सहयोगमा लालबन्दी पाटीप्यालेसमा बिहिवारबाट सुरु गरिएको  तालिम शनिवार आज सम्पन्न गरिएको  हाे ।

तालिमका सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गर्दै , संस्थाकी अध्यक्ष मुना उपाध्यायले तालिम सञ्चालनका लागि आर्थिक सहयोग गरेकोमा लालबन्दी नगरपालिकालाई धन्यवाद दिइन् ।
रेमिटेन्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउन प्राेत्साहन गर्ने उद्देश्यकासाथ तालिम  आजाेना गरिएको अध्यक्ष उपाध्याय बताइन् ।

तालिममा लालबन्दी नगरपालिका का १० वटा वडाबाट खाडी मुलुक गएका परिवारका  ३८ जना महिलाहरूलाई प्रशिक्षकहरू हरि धमला र विवश पाैडेल सहजिकरण गरेका थिए।

सहजकर्ता हरि धमलाले  वैदेशिक राेजगारमा गएका घर परिवारका महिलालाई पुँजी  व्यवस्थापन तथा  उद्यमशीलता विकास सम्बन्धि , अर्का सहजकर्ता धनन्जय पाैडेल ( विवश)ले जलवायु परिवर्तनले राेजगारमा परेकाे असर र समाधानका उपाए बारे सहजिकरण गरेका सचिव अन्जु ढकालले जानकारी दिइन् ।तालिमले समयानुकुल क्षमता वृद्धिमा सहयोग पुगेको सहभागी बिमला मगरले बताइन् ।